
तनहुँ । जनता आवास कार्यक्रमअन्तर्गत तनहुँमा २ सय ८६ मध्ये ८३ घर निर्माण सम्पन्न भएका छन् ।
सूचिकृत भएकामध्ये १ सय ८० जनाले तेस्रो, १२ जनाले दोस्रो र ११ जनाले पहिलो किस्ता लिएर सम्पर्कविहीन रहेको जिल्लास्थित पूर्वाधार विकास कार्यालय जनाएको छ ।
तेस्रो किस्ता लिएका एक सय ८० जनाले घर निर्माण गरे पनि शौचालय निर्माण नगरेका कारण चौथो (अन्तिम किस्ता) भुक्तानी रोकिएको कार्यालय प्रमुख कृष्ण आचार्यले जानकारी दिनुभएको छ। उहाँका अनुसार त्यो कार्यक्रमका लागि चालु आर्थिक वर्षमा७० लाख रुपैयाँ विनियोजन भएकामा हालसम्म ६६ हजार ५ सय रुपैयँँ मात्र खर्च भएको छ ।
योजनामा रहेका सबै घर सम्पन्न गर्न १ करोड ९ लाख रुपैयाँ आवश्यक पर्ने देखिएको कार्यालय प्रमुख आचार्यले बताउनुभयो । उहाँका अनुसार सहरी विकास तथा भवन निर्माणसम्बन्धी चारवटा योजना रहेको छ । तीनवटा निर्माणाधीन अवस्थामा र एउटा ठेक्का प्रक्रियाको चरणमा रहेको उहाँले जानकारी दिनुभयो ।
चालु आवमा तनहुँमा १६ योजना कार्यान्वयनमा आउन सकेका छैनन् । योजनाको नाम फरक परेका, विवाद भएका र बजेट सुनिश्चित नभएका योजना कार्यान्वयनमा नआएका प्रमुख आचार्यले बताउनुभयो । ‘सडक योजना आठ र झोलुङ्गे पुल आठवटाको निर्माण रोकिएको छ’ उहाँले भन्नुभयो– ‘गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेका २ सय ९५ योजनामध्ये ११ योजना सम्पन्न भएका छन् ।’
उहाँका अनुसार साउनदेखि चैतसम्म नौ वटा मोटर मार्गको स्तरोन्नति र दुईवटा गाडी गुड्ने पक्की पुल निर्माण सम्पन्न भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु