
पर्सा । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको ९ महिनामा ३६ करोड ७६ लाख ९ हजार ३ सय ९८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
महानगरका अनुसार चालु आवमा सम्पत्ति कर शीर्षकमा १२ करोड ७० लाख ४३ हजार ७ सय ८२ रुपैयाँ सङ्कलन भएको छ । महानगरले दोस्रो धेरै घरबहाल करबाट ४ करोड ५५ लाख ७५ हजार ८ सय ६७ रुपैयाँ रहेको छ । महानगरले २४ शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ ।
वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले महानगरले गत आवको ९ महिनाको तुलनामा चालु आवमा २ करोड ९५ लाख रुपैयाँ बढी राजस्व सङ्कलन गरेको बताउनुभयो । ‘गत आवको ९ महिनाको तुलनामा यो आवमा राजस्व सङ्कलनमा सुधार देखिएको छ’ उहाँले भन्नुभयो । गत आवको ९ महिनामा भने ३३ करोड ८० लाख ५४ हजार ३ सय ६० रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
वीरगञ्ज महानगरले गत अवभरिमा भने ५७ करोड एक लाख ७३ हजार २ सय १ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । महानगरले आव २०७८÷७९ मा भने ५१ करोड २२ लाख २४ हजार ४ सय ९० रुपैयाँ राजस्व सङ्कलन गर्यो ।
वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वीरगञ्जमा आयोजित सार्वजनिक कार्यक्रममा वीरगञ्जका ठूला उद्योगी व्यवसायीलाई घरबहाल कर स्थानीय सरकारलाई बुझाउन अनुरोध गर्नुभएका थियो । ‘नेपालको संविधानमा नै घरबहाल कर स्थानीय तहले सङ्कलन गर्ने भनिएको छ’ उहाँले भन्नुभयोे– ‘ठूला उद्योगले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा कर तिर्दा स्थानीय सरकारको राजस्वमा केही कमी आएको छ । त्यसैले घरबहाल कर स्थानीय सरकारलाई बुझाउन अनुरोध गर्दछु ।’
महानगरले चालु आव २०८०÷८१ को लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँ विनियोजन गरेको थियो । विनियोजित बजेटमध्ये चालुतर्फ २ अर्ब ४८ करोड ८५ लाख ५ हजार र पुँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार रुपैयाँ छुट्याइएको थियो । महागरले बजेट तथा नीति कार्यक्रममा चालु आवमा आन्तरिक राजस्वबाट एक अर्ब २० करोड ४४ लाख ३० हजार रुपैयाँ सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा