
तनहुँ । चैतेदशैँको अवसरमा तनहुँको पवित्र धार्मिकस्थल तनहुँ कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । व्यास नगरपालिका–४ शहीद शान्ति पार्कभित्र रहेको कालिका मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो ।
बडादशैँ र चैतेदशैँको अवसरमा कालिका मन्दिरमा विशेष पूजाआजा हुने गरेको छ । मन्दिरमा पूजाआजा गर्नका लागि दमौली आसपासबाट भक्तजन आएका व्यास–४ का वडाध्यक्ष मनबहादुर गुरुङले बताउनुभयो ।
विगतको केही वर्ष कोरोना महामारीका कारण भक्तजन उपस्थिति कम देखिने गरेकामा यस वर्ष उल्लेख्य वृद्धि भएको व्यास–३ का अजित पन्तले बताउनुभयो । घुइँचोका कारण पूजाआजा गर्न समय लागेको उहाँको भनाइ छ ।
मन्दिर मल्लकालीन प्यागोडा शैलीमा निर्माण गरिएको छ । ३ करोड रुपैयाँ लागतमा मन्दिर निर्माण गरिएको हो । तीन तले मन्दिर ५५ फिट उचाइको रहेको छ । मन्दिरमा विभिन्न देवीदेवताका आकृति भएका ६० वटा टुँडाल हालिएको छ भने मन्दिरमा ९ फिट उचाइको गजुर राखिएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत दमौली बजारबाट एक किलोमिटरको दूरीमा रहेको मन्दिर परिसरमा पार्क निर्माण गरी पैदलमार्ग बनाइएको वडाध्यक्ष गुरुङले बताउनुभयो । उहाँका अनुसार सवारीसाधनका लागि पक्की बाटो निर्माणको योजना बनाइँदै छ ।
‘अप्ठ्यारो ठाउँमा ८० मिटर बाटो ढलान गरिएको छ । दमौली बजारबाट एक किमी दूरीमा पर्ने पार्कभित्र सरकार, निजी क्षेत्र र स्थानीयवासीको सहयोगमा केही पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् भने गुरुयोजना अनुसारको थप पूर्वाधार निर्माण हुन बाँकी छ’ वडाध्यक्ष गुरुङले भन्नुभयो ।
उहाँका अनुसार ३७ हेक्टर क्षेत्रफलमा काँडे तारबार, १० फिट चौडाइको एक किमी पक्की सिँढी निर्माण, दुई वटा वनभोजस्थल, एउटा कुरुवा घर, सार्वजनिक शौचालय निर्माण सम्पन्न भइसकेका छन् । रिजर्भ ट्याङ्की बनाएर खानेपानीको व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
- रविको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरीका सई काठमाडौँ तानिए
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय
- टहरामा सुतिरहेका दुई दिदीबहिनीको ढुंगा लागेर मृत्यु
- कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री