
काठमाडौँ । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का नखः (जात्रा)को चौथो दिन आज सिन्दूरजात्रासहित रथलाई परिक्रमा गरिएको छ ।
गत चैत मसान्तदेखि शुरु भएको जात्राको आज चौथो दिन बिहान ७ बजे तपलाक्षीःबाट देवतासहितको रथलाई सिन्दूरजात्रा गरी टोल परिक्रमा गरिएको र बिहान ११ बजे हासल टोलमा सबै रथ बिसाइएको छ ।
दिउँसोे तलेजु गुथीबाट जीवित गणेश, कुमारीसहित पूजा ल्याएर सिन्दूरजात्रा गरी सरस्वती र महादेवको रथबाहेक अन्य रथ पोखरीमा चोख्याउनका लागि लगिएको नेवा गुथीः टोखाका अध्यक्ष रमेश नापितले जानकारी दिनुभयो । रथलाई मसानकालीको मन्दिर र गाउँको परिक्रममा गरी आजै साँझ कोनेलाक्षीःमा बिसाइएको छ । आज रातभर भक्तजन रथको अगाडि भजनकीर्तन गरी जाग्राम बस्ने चलन रहेको छ ।
बिस्का जात्राको चौथो दिन आज नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवम् पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेल, कांग्रेस नेता एवम् काठमाडौँ क्षेत्र नम्बर ५ का सांसद प्रदीप पौडेल, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी लगायत व्यक्ति जात्रामा पुग्नुभएको थियो ।
टोखा नगरपालिकाले जात्राका अवसरमा आज टोखाको वडा नम्बर २ र ३ मा र भोलि अर्थात् जात्राको अन्तिम दिन टोखा नगरपालिकाभर सार्वजनिक बिदा दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा