
म्याग्दी । बेनी अस्पतालमा नसा तथा हाडजोर्नीका बिरामीका लागि अर्थोपेडिक (हाडजोर्नी शल्यचिकित्सा) सेवा शुरु भएको छ ।
अर्थोका कन्सल्टेन्ट डा प्रतिक आचार्य अस्पतालमा आएपछि गत शुक्रबारदेखि अस्पतालमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ सेवा शुरु भएको हो । विशेषज्ञ सेवा सुरु भएपछि हाडजोर्नी तथा नसा रोगका बिरामी अब सामान्य उपचारका लागि काठमाण्डौँ, पोखरा, नेपालगञ्जलगायत सहरमा जानुपर्ने बाध्यता अन्त्य भएको छ ।
बेनी अस्पतालमा गत शुक्रबारदेखि नियमित सेवामा रहनुभएका डा आचार्यले यसअघि बागलुङ अस्पतालमा हाडजोर्नीसम्बन्धी जटिल शल्यक्रियामा सफलता प्राप्त गर्नुभएको थियो । डा आचार्यले बेनी अस्पतालमा पनि जटिल शल्यक्रियाका लागि आवश्यक पर्ने उपकरण अस्पताल व्यवस्थापन समितिमार्फत व्यवस्थापन गरिने बताउनुभयो ।
बेनीमा वैशाख २ गते आइतबारदेखि हाडजोर्नी तथा नसा रोग विशेषज्ञ सेवा सुरु भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले जानकारी दिनुभयो । “अब हाडजोर्नी तथा नसासम्बन्धी उपचार गर्न टाढा जानु पर्दैन । बेनी अस्पतालमा नै हुन्छ । हामीले जटिल शल्यक्रियाका लागि समेत उपकरण थप्दैछौँ”, उहाँले भन्नुभयो ।
“यहाँबाट दिन सकिने सबै सेवा उपलब्ध गराउँछौँ । यहाँ गर्न नसक्ने अवस्थाका बिरामीलाई मात्रै रिफर गर्नुपर्छ”, डा आचार्यले भन्नुभयो । हाडजोर्नी, नसाको समस्याका साथै हड्डी भाँचिएमा मेटल प्लेट वा पेँच राख्नेलगायतका जटिल समस्याका लागि पनि आवश्यक पूर्वाधार तयार गरी अस्पतालबाटै सेवा दिइने व्यवस्थापन समितिले जनाएको छ । बेनी अस्पतालमा फिजियोथेरापी सेवा उपलब्ध भए पनि अर्थोका चिकित्सक नहुँदा बिरामीलाई समस्या हुने गरेको थियो ।
फिजियोथेरापीबाट हड्डी खिइएको, नसा च्यापिएको, मांसपेशी दुख्ने, झमझमाउने, लुलो हुने, प्यारालाइसिस, जन्मँदा नै शारिरीकरुपमा असाधारण भएका बालबालिका, हातखुट्टा नचल्ने लगायत रोगको उपचारमा सहज हुने समितिका अध्यक्ष सुवेदीले बताउनुभयो ।
उहाँका अनुसार अस्पतालमा अन्तरङ्ग र बहिरङ्ग विभागका अतिरिक्त शल्यक्रियामार्फत प्रसूति सेवा, एपेन्डिसाइटिस, हर्नियाको उपचार, दन्त सेवा, आँखा उपचार सेवा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकाली सेवा केन्द्र र डायलाइसिस सेवा उपलब्ध छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा