
ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा पर्यटन महोत्सव हुने भएको छ ।
जिल्ला समन्वय समितिको आयोजनामा जेठ ३ देखि ७ गतेसम्म पर्यटन महोत्सव गर्ने तयारी थालिएको हो । जिल्लाका सम्पूर्ण सरकारी तथा गैरसरकारी संस्थाका प्रमुखको बैठकले पर्यटन महोत्सव मनाउने निर्णयसँगै तयारी थालिएको समितिले जनाएको छ ।
महोत्सव तोक्मेडाँडास्थित नेपाली सेनाको ब्यारेकमा आयोजना हुनेछ । महोत्सवमा पर्यटकीयस्थलको अवलोकन, खाद्य महोत्सव, होमस्टे प्रवर्द्धन र मेयरकप भलिबल प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।
पाथीभरा खुल्ला म्याराथन प्रतियोगिता, लोक झाँकी तथा सांस्कृतिक कार्यक्रम, डोको क्यारी रन, डोको तथा टपरी बुन्नेसहित तेस्रो औद्योगिक कृषि मेला ताप्लेजुङ पर्यटन महोत्सवमै आयोजना गर्ने बैठकले निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा