
बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अन्तर्गत घोडाबाँधे(बुर्तिबाङ सडक कालोपत्र उप्किएपछि यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
बागलुङ बजारदेखि घोडाबाँधेसम्मको करिब १२ किलोमिटर सडक वषौैंँदेखि स्तरोन्नती हुनसकेको छैन । कालोपत्र गरिएको सडक उप्किएर हिलाम्मे र धुलाम्मे बनेको छ । घोडाबाँधेदेखि बुर्तिबाङसम्म सडकको बीच भागबाट कालोपत्र उप्किएर ठूला(ठूला खाल्डा परेका छन् ।
दैनिक सयौँको सङ्ख्यामा गुड्ने सवारीसाधन सडकको खाल्डोमा गाडी फसेर ट्राफिकजाम हुने गरेको छ । विशेषगरि बडिगाड र गलकोट खण्डमा सबैभन्दा धेरै कालोपत्र उप्किएको छ । खाल्डोमा टायर अड्किँदा घण्टौँसम्म रोकिनुपर्ने सवारी चालक मीनबहादुर सुनारले बताउनुभयो । दुई वर्षदेखि सडकमा खाल्डाखुल्डी पर्न थालेपनि अहिलेसम्म मर्मत नहुँदा सडक कुरुप बन्दै गएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो– ‘कालोपत्र गरेको सडकको खाल्डाखुल्डीमा भन्दा कच्ची सडकमै यात्रा गर्न ठिक हुन्छ, दुईरदुई पाइलामा खाल्डा छन्, गाडीको टायर तर्काउनै सकिन्न ।’
सडकका कारण दैनिक मोटरसाइकल दुर्घटना हुने स्थानीयवासी प्रेमबहादुर पुनले बताउनुभयो । मोटरसाइकल चालक तीव्र गतिमा आउने र खाल्डा नदेख्दा उछिट्टिएर लड्ने गरेको उहाँले बताउनुभयो । ‘यो राष्ट्रिय लोकमार्ग हो, सडक बिग्रिएको यतिका समय बित्दा मर्मत हुँदैन’ पुनले भन्नुभयो–‘यो बाटोमा दिनदिनै मान्छे लड्छन्, कोहीले बाइक लडाउँछन्, गाडीनै बिग्रार्छन्, मान्छे नलडेको दिन छैन ।’
सोही लोकमार्गकै बागलुङ(घोडाबाँधे खण्ड २५ वर्षअघि ट्र्याक खुले पनि हालसम्म कालोपत्र भएको छैन । हिउँदमा धुलो र बर्खामा हिलोले यात्रुले सास्ती भोग्दै आएका छन् । लोकमार्ग कार्यालयले उपल्लाचौरदेखि घोडाबाँधे सम्मको २५ किलोमिटर सडक कालोपत्रका लागि दुई निर्माण कम्पनीलाई ठेक्का दिएको थियो । निर्माण कम्पनीले काम नगरेपछि माथिल्लो खण्डको ठेक्का तोडेको छ । तल्लो खण्डमा सुस्त गतिमा काम भइरहेको छ ।
मध्यपहाडी लोकमार्ग कार्यालयका इन्जिनियर उज्वल शर्माले मर्मत सम्भारका लागि दुई वर्ष अगाडि ठेक्का लगाइ काम भइरहेको बताउनुभयो । उप्किएको लोकमार्गको कालोपत्र मर्मतको काम थालिएको उहाँको भनाइ छ । घोडाबाँधेदेखि बुर्तिबाङसम्म तीन खण्डमा निर्माण कम्पनीले मर्मतको जिम्मा लिएको शर्माले बताउनुभयो ।
आगामी असार मसान्तसम्म खाल्डाखुल्डी पुरिसक्ने उहाँको भनाइ छ । हालसम्म ७९ प्रतिशत मर्मतको काम सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
- रविको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरीका सई काठमाडौँ तानिए
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय
- टहरामा सुतिरहेका दुई दिदीबहिनीको ढुंगा लागेर मृत्यु
- कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री