
पर्सा । तराई मधेस क्षेत्रमा श्रद्धा भक्तिपूर्वक मनाइने चैती छठपर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदै छ ।
चार दिनसम्म मनाइने चैती छठपर्वअन्तर्गत आज तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने र भोलि अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको चैती छठपर्व सम्पन्न हुन्छ । यो पर्वका लागि अहिले वीरगञ्जस्थित घडिअर्वा पोखरी, रानीघाटको सिर्सिया नदी, नगवा, छपकैयालगायत स्थानका पोखरी तथा तलाउलाई दुलहीझैँ श्रृङ्गारिएका छन् । चैती छठपर्वमा सूर्य भगवान् र छठीमातालाई चढाउन गहुँ वा चामलको पिठोबाट ठेकुवा, भुसुवालगायत परिकार बनाउने गरिन्छ ।
प्रसादका रुपमा मुला, गाँजर, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउलगायत फलफूल चढाउने परम्परा रहेको पण्डित रामकुमार शास्त्रीले बताउनुभयो । शरद् र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक छठपर्व मनाउने प्रचलन रहेको उहाँले जानकारी दिनुभयो । शरद् ऋतुमाजस्तो वसन्त ऋतुमा मनाउने छठको उल्लास भने नहुने पण्डित शास्त्रीले बताउनुभयो ।
छठपर्वमा प्रसादका रूपमा प्रयोग हुने सामग्री किन्न बजारमा चहलपहल बढेको छ । छठपर्वको प्रभावले हरेक मनोकाङ्क्षा पूरा हुने र छालाजन्य रोग कहिले नलाग्ने जनविश्वास रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा