
दाङ । दाङमा भोलिदेखि मिडिया महोत्सवको आयोजना हुँदैछ ।
पत्रकार महासङ्घ दाङको आयोजनामा घोराहीमा आयोजित महोत्सवमा पत्रकारिता, मिडिया र विविध सञ्चार सेवाका विषयमा बहस तथा छलफल गरिने छ ।
यस कार्यक्रममा मिडियासम्बन्धी सरोकारवाला व्यक्ति तथा निकायको सहभागिता रहने जनाइएको छ । मिडिया क्षेत्रका विज्ञ तथा वरिष्ठ पत्रकार, मिडियाका अनुसन्धानदाता तथा जनप्रतिनिधि सम्मेलनमा सहभागिता रहने आयोजकले जनाएका छन् ।
दुई दिनसम्म सञ्चालन हुने यस महोत्सवको तयारी पूरा भएको पत्रकार महासङ्घ दाङका अध्यक्ष दुर्गालाल केसीले जानकारी दिनुभयो । यस महोत्सवको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गर्नुहुने कार्यक्रम रहेको छ ।
यस महोत्सवमा सङ्घीयता, विकास र मिडिया, मिडियाको सामथ्र्य र भविष्य, नैतिकताको कसीमा मिडिया, मिडियामा समावेशी सवाल, हिजो र आजका मिडियालगायतका विषयमा बहस तथा छलफल हुनेछ ।
कोरोना महामारीपछि उत्पन्न आर्थिक समस्या र यसबाट मिडियामा परेको प्रभाव एवं नेपालमा छापा तथा डिजिटल मिडियाको भविष्यका बारेमा पनि सम्बद्ध विज्ञहरूले आवश्यक छलफल गरी निष्कर्ष निकाल्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन् ।
महोत्सवकै अवसर पारेर नेपाल सरकार, सूचना तथा प्रसारण विभागले दिने सबै सेवाका साथै नेपाल टेलिकमले सिमकार्ड लगायतका आफ्ना सेवा प्रदान गर्ने कार्यक्रम रहेको पनि आयोजकले जनाएका छन् ।
दाङ जिल्लामा पहिलोपटक हुन लागेको यस मिडिया महोत्सवलाई अवसरका रूपमा लिन र यसबाट आफ्ना क्षेत्र र विषयमा लाभ लिन नेपाल पत्रकार महासङ्घ दाङले सम्पूर्ण सरोकारवाला निकायलाई अनुरोध पनि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
- रविको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरीका सई काठमाडौँ तानिए
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय
- टहरामा सुतिरहेका दुई दिदीबहिनीको ढुंगा लागेर मृत्यु
- कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री