
धादिङ । धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एकै घरका ५ सहित ८ जना घाइते भएका छन् ।
पतेनीबाट मल लिएर बारीमा जाँदै गरेको बा ३ ख ८९४७ नम्बरको ािमी ट्रक नीलकण्ठ नगरपालिका–५ खाल्टेको दाउने खोलामा दुर्घटना भएको हो । दुर्घटनामा एक जना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकको पहिचान खुलिसकेको छैन ।
दुर्घटनामा घाइते हुने मध्ये पाँचजना बालबालिका छन् । नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयले घटनास्थलबाट घाइतेको उद्धार गरी अस्पतालतर्फ पठाएका छन् । घाइते तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार ओरालो बाटोमा ब्रेक फेल भएर दुर्घटनामा परेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा