
धनुषा । नयाँ वर्ष हर्षोल्लासका साथ मनाइरहँदा मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज सतुवाइन पर्व मनाइँदै छ ।
कुलदेवतालाई सतुवा चढाएर सतुवाइन मनाइन्छ । देउतालाई प्रसादको रुपमा सातु चढाउने र त्यसपछि परिवारका सम्पूर्ण सदस्यले सातु खाने गरिन्छ । चना, गहुँ, मकै र जौ मिसाएर तयार पारेको सातु खाने तथा दान गर्ने चलन छ । प्रायले देउतालाई चढाउने सातु जौको हुने गर्दछ ।
त्यस्तै सतुवाइन पर्वको भोलिपल्ट मधेसमा जुडशीतल पर्व मनाउने चलन छ । जुडशीतल पर्वमा घरका ज्येष्ठ सदस्यले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घ जीवनको आशीर्वाद दिने गर्दछन् ।
नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति र परम्पराका जानकार बताउँछन् । यो पर्वमा चना बदामको सातु, दाल, मनुंगा को तरकारी, बदामको पीठोबाट बनाइएको बरी र दही मथेर करी पकाइ खाने परम्परा छ ।
जुडशीतल पर्वमा खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ । यस क्षेत्रमा यो पर्व सबै समुदायले मनाउने गर्दछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा