
महोत्तरी । मधेसमा जुडशीतल पर्वको चहलपहल छ । मधेसका महोत्तरीसहितका प्राचीन मिथिलाक्षेत्रमा नयाँ वर्षसँगै मनाइने ‘जुडशीतल’ पर्वको चहलपहल बढेको हो ।
दुई दिन मनाइने यस पर्वको पहिलो दिन वैशाख सङ्क्रान्तिको दिनलाई ‘सतुवाइन’ र भोलिपल्ट (वैशाख २ गते) लाई ‘जुडशीतल’ भन्ने चलन छ । मैथिल (मिथिलाका बासिन्दा) अहिले पर्वका सामग्रीको जोहोमा लागेका छन् । जुडशीतल पर्वको पहिलो दिन जौ, चना, कङ्ना, मकै, गहुँसहितको सातु र सक्खरमा बनाइएको सातु ब्राह्मणलाई दान गरी खाने चलन छ । नयाँ वर्षमा हिलो दलादल गरेर खेल्दै अनिकाल नपरोस् भन्ने कामना गरिन्छ ।
सहकालको कामनासाथ मनाइने यसपर्वमा खेतबारीका बिरुवामा पानी सेचन गरिन्छ । यस पर्वमा स्वस्थ्यकर शीतल भोज्यपदार्थको प्रयोग गरिन सन्देश रहेको पाका मैथिल बताउँछन् । पर्वमा पहिलो दिन सातु र सर्वत दान गर्ने र खाने चलनले गर्मीयाममा यी खाद्यपदार्थ प्रयोगमा जोड दिने शिक्षा छ । दोस्रो दिन घरका श्रेष्ठजनले परिवारका सबै सदस्यको शिरमा जल सेचन गर्दै जीवनमा शीतलताको आशीर्वाद दिन्छन् ।
यसैगरी दोस्रो दिनको मुख्य परिकार करी–बरी (दही मोथेर पकाइने करिमा चनाको पिठोमा बनाइएको बरी ) फुरौला हालेर बनाइने परिकार) हो । यस दिन मुन्गा (सोहिजन) को तरकारी, काँचो केरा र लौकाको तरुवा र दही खाने/ ख्वाउने गरिन्छ । पर्वले गर्दा अहिले स्थानीय बजारमा सोहीजन, लौका, काँचो केरा, दही, दूध र चनाको बेसन (पिठो) को खुबै बिक्री बढेको छ ।
नयाँ वर्षको अवसरमा अहिले वनभोज खान जाने समूह पनि भोलिको तयारीमा जुटेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा