
काठमाडौँ । युरोप महाद्विपमा भइरहेको युद्धको प्रभाव नेपालको हस्तकला उद्योगमा देखा परेको छ ।
हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले युरोपमा २० प्रतिशतले हस्तकला निर्यात घटेको जानकारी दिनुभएको छ। उहाँका अनुसार युरोपमा हाते कागज, पस्मिना, फेल्ट लगायतका सामग्री बढी मात्रामा निर्यात हुने गर्छन् ।
गत वर्ष ६ अर्बको हस्तकला युरोपमा निर्यात भएको थियो । यसवर्ष गतवर्षको तुलनामा २० प्रतिशतले घटेको अध्यक्ष शाक्यले बताउनुभयो । ‘युरोपमा युद्धको प्रभाव हस्तकला व्यापारमा पर्न गएको छ’ उहाँले भन्नुभयो– ‘यद्यपि अरु मुलुकमा निर्यातको अवस्था मध्यम छ ।’
हस्तकला महासङ्घको तथ्याङ्क अनुसार प्रत्येक वर्ष १२ अर्ब रुपैयाँको हाराहारीमा हस्तकला तथा मूर्तिकला निर्यात हुने गरेको छ । मङ्सिरदेखि पुसमा मात्रै ८ अर्ब रुपैयाँको निर्यात भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा