
काठमाडौँ। काठमाडौँ उपत्यकामा हावाहुरी तथा चट्याङसहितको वर्षा भएको छ । हावाहुरीले, रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण जनको क्षति हुनसक्ने भन्दै सतर्क रहन विज्ञले सुझाव दिएका छन् ।
विपत व्यवस्थापनविद् डा धर्मराज उप्रतीले आज दिउँसोबाट उपत्यकामा पानी पर्न सुरु भएसँगै केही दिनयता बढिरहेको प्रदुषण न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो । “यतिबेला हावाहुरी, चट्याङसहितको वर्षा भइरहेकाले सतर्कता अपनाउन जरुरी छ”, उहाँले भन्नुभयो, “देशका अधिकांश जिल्लामा लागिरहेको वन डढेलोका कारण वायु प्रदुषण बढेको थियो । वर्षाका कारण वायु प्रदुषण न्यूनीकरण हुनेछ ।”
मङ्गलबार र बुधबार उपत्यकामा वायु प्रदुषण बढ्दा काठमाडौँ विश्वको नै पहिलो प्रदुषित सहरका रुपमा सूचीकृत भएको थियो । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार बुधबार दिउँसो समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) दुई सय ६५ थियो । सोमवार दिउँसो एक सय ६५ एक्यूआई रहेको प्रदुषण, मङ्गलवार दुई सय पुगेको थियो । आज भने प्रदुषण घटेर एक सय ७७ एक्यूआईमा सीमित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा