
कालीकोट । सान्नी त्रिवेणी गाउँपालिकाले गाउँमै आयोडिनयुक्त नुन वितरण शुरु गरेको छ । आयोडिनयुक्त नुन लिन सदरमुकाम जानुपर्ने बाध्यता हटाउन गाउँपालिकाले नुन खरिद गरी नौवटै वडामार्फत नुन वितरण शुरु गरेको हो ।
सान्नी त्रिवेणीले नौवटै वडाका नागरिकका लागि पहिलो चरणमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग एक सय ७५ क्विन्टल नुन खरिद गरेर वितरण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले बताउनुभयो । ‘हामीले प्रत्येक वडामा नुन ढुवानी भइसकेको छ’ उहाँले भन्नुभयो– ‘एक किलो नुन लिनका लागि सदरमुकाम मान्म धाउनुपर्ने बाध्यता हटेको छ ।’
आयोडिनयुक्त नुन गाउँमै उपलब्ध गराउने उद्देश्यले प्रत्येक वडामा नुन ढुवानी गरिएको र तत्काल नै वितरण थालिने गाउँपालिका अध्यक्ष केसीले बताउनुभयो । ‘वडाबाटै नुन वितरणको व्यवस्था मिलाएका छौँ’ उहाँले भन्नुभयो– ‘सबै वडामा नुन वितरणको काम भइरहेको छ ।’
सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर २ ले वडाबाट नुन वितरण थालेको वडाध्यक्ष वसन्त बुढाले जानकारी दिनुभयो । ‘एक घरधुरीलाई छ किलोका दरले नुन वितरण थालिएको छ, एक किलो नुन गाउँमा ९ रुपैयाँका दरले दिने गरेका छौँ’ उहाँले भन्नुभयो ।
पहिलो चरणको नुन वितरण गरेर सकिएपछि दोस्रो चरणमा गाउँपालिकाले नुन खरिद गरेर वडामार्फत नुन वितरणको काम निरन्तरता दिने गाउँपालिका अध्यक्ष केसीले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा