
मकवानपुर । बागमती प्रदेश दुग्ध विकास बोर्ड हेटौँडाले केही दिनअघिदेखि धुलो दूधको परीक्षण उत्पादन शुरु गरेको छ ।
बागमती प्रदेश सरकारकोे ५० करोड ५८ लाखको लागतमा हेटौँडा उपमहानगरपालिका–१० सिसौघारीस्थित दूधको प्लान्ट र भवनको हालै निर्माण सम्पन्न गरिएको बागमती प्रदेश कृषि विकास तथा पशुपक्षी मन्त्रालय हेटौँडाले जनाएको छ ।
प्रदेश दूध विकास बोर्डले नियमित दूध प्लान्ट सञ्चालन गरिरहेको अवस्थामा मकवानपुर र चितवनका किसानबाट दैनिक ६० हजार लिटर दूध सङ्कलन गरी धुलो दूध उत्पादन गर्ने लक्ष्यसहित उद्योग स्थापना गरिएको बोर्डका प्रवक्ता डा मन्दीप पोखरेलले बताउनुभयो । उहाँका अनुसार अहिले दैनिक २५ देखि ३० हजार लिटर दूध सङ्कलन गरी धुलो दूध र बटरको उत्पादन गर्ने गरिएको छ ।
दूध प्लान्टलाई केही साताभित्रै नियमित सञ्चालनमा ल्याउने अधिकार बोर्डलाई प्रत्यायोजित भएपछि मात्र प्लान्टबाट उत्पादन गरिएका धुलो दूध र बटर विदेश तथा स्वदेशका विभिन्न शहरमा आपूर्ति गरिने प्रवक्ता डा पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार योसँगै बोर्डले दैनिक करिब ६ सय टन धुलो दूध र बटर उत्पादन गर्ने लक्ष्य राखेको छ । बागमती मन्त्रिपरिषद्को बैठकले निर्णय गरेर प्रदेश दुग्ध विकास बोर्डलाई थप अधिकार प्रत्यायोजित नगरेसम्म बोर्डले थप निर्णय र दूध प्लान्टलाई नियमित सञ्चालन गर्न नसक्ने उहाँको भनाइ छ ।
अहिले उत्पादित धुलो दूध र बटरलाई बजारको व्यवस्थापन गर्न समेत कठिनाइ उत्पन्न भइरहेको बोर्डका कार्यकारी निर्देशक प्रतिज्ञा ज्ञवालीले बताउनुभयो । उहाँले अब केही साताभित्रै नियमित धुलो दूध उत्पादन गर्ने कार्यतालिका बनाई उत्पादित दूध र बटर काठमाडौँ भरतपुर, पोखरा, भैरहवा तथा विराटनगर लगायत विभिन्न शहरमा आपूर्ति गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।
हेटौँडामा सञ्चालित दूध प्लान्ट नियमित सञ्चालन हुँदा प्रशासन, लेखा प्राविधिक, मजदुर गरी ६० जनाले प्रत्यक्ष रोजगारीको अवसर प्राप्त गर्ने बोर्ड कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय