
काभ्रे । काभ्रेपलाञ्चोकको विकट डाँडापारि क्षेत्रको महाभारत गाउँपालिकाका किसानलाई व्यावसायिक पशुपालन तालिम प्रदान गरिएको छ । महाभारत साना किसान कृषि सहकारी संस्थाको आयोजनामा महाभारत–३, ४, ५, ६, ७ र ८ का ३९ जना किसानलाई तालिम दिइएको हो ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था (साविक साना किसान बैंक)को आर्थिक सहयोगमा पशुपालन तालिम प्रदान गरिएको सहकारी संस्थाका अध्यक्ष हस्तबहादुर दर्लामी मगरले बताउनुभयो । निर्वाहमुखी अवस्थामा रहेका किसानलाई व्यावसायिक रूपमा अगाडि बढाएर आयआर्जन वृद्धिमा टेवा पु-याउने उद्देश्यले तालिम आयोजना गरेको उहाँको भनाइ छ ।
‘हाम्रा किसान निर्वाहमुखी मात्रै भएका छन् । जति दुःख गरेर पनि आयआर्जनको क्षेत्रमा माथि उठ्न सकेका छैनन्’ अध्यक्ष मगरले भन्नुभयो– ‘आधुनिक सीप प्रदान गरेर आर्थिक उपार्जनमा वृद्धि गर्न किसानलाई पशुपालन व्यवसायमा गुरुयोजना बनाएर अगाडि बढ्ने सीप प्रदान गर्न आवश्यक छ ।’ उहाँहरूलाई महाभारत पशुपक्षी विकास शाखा प्रमुख बालकुमार लुङ्गेली, महाभारत–४ र ५ का पशु प्राविधिक महेन्द्र जर्गा र वडा नम्बर ६ का निर्जल पुलामीले तालिम दिनुभएको हो ।
महाभारत–६ का वडाध्यक्ष रमेशकुमार लुङ्गेली मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिसिं विष्ट र कृषि सहकारी संस्थाका उपाध्यक्ष केसरीमाया बल लगायतको सहभागिता थियो ।
यसअघि संस्थाले गाउँपालिकाको कफी पकेट क्षेत्र विकास (फलोप) कार्यक्रमअन्तर्गत सहकारी संस्थामार्फत कफी नर्सरी व्यवस्थापन र बिरुवा रोपण तालिमका साथै कफी पल्पर मेसिन वितरण गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा