
अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । विनायकबाट तोली गइरहेको ट्याक्टर दुर्घटना हुँदा चालक बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाका २५ वर्षीय महेश भारती र सहचालक पञ्चदेवल विनायक नगरपालिका–२ का २७ वर्षीय नेत्र विक घाइते भएको प्रहरीले बताएको छ ।
बालुवा बोकेर विनायकबाट तोली जाँदै गरेको भे २ त १९८५ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।
घाइते दुवै जनालाई उपचारका लागि एम्बुलेन्सबाट जिल्ला अस्पताल, मङ्गलसेन ल्याइएको छ । चालक भारतीलाई बढी चोट लागेको छ भने विकको खट्टा भाँचिएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा