
काठमाडौँ । अमेरिकामा पशुपतिनाथ तथा बौद्ध बिहार निर्माणको लागि टेक्सासस्थित युलेशमा श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञ (अध्यात्मिक महोत्सव) शुरु भएको छ ।
नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र, टेक्सासको आयोजनामा मंगलबारदेखि शुरु भएको महायज्ञमा पण्डित दिनबन्धु पोखरेलले कथावाचन गर्नुभएको छ ।
अध्यात्मिक केन्द्रको प्राङ्गणमा आयोजना गरिएको महायज्ञ बिशेष समारोहका साथ प्रमुख अतिथी युलेश सिटीकी मेयर लिण्डा मार्टिनसहित १ लाख डलर भन्दा बढी सहयोग गर्ने दाताहरुले संयुक्त रुपमा पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो ।
मेयर मार्टिनले उद्घाटन कार्यक्रममा नेपाली समुदायमा देखिएको साँस्कृतिक एकताको प्रशंसा गर्नुभयो । मेयर मार्टिनले समुदायको लागि गरिने साझा सवालमा युलेश सिटी साझेदारी र सहयोग गर्न तयार गरेको बताउनुभयो । उहाँले युलेश सिटी विविधतायुक्त साँस्कृतिक शहर भएको उल्लेख गर्दै नेपाली समुदायले आयोजना गर्न लागेको अध्यात्मिक महोत्सव कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कथावाचक पण्डित पोखरेलले प्रवासमा समेत जात तथा क्षेत्रका नाममा नेपाली समुदाय विभक्त हुन थालेकोमा चिन्ता व्यक्त गर्दै धार्मिक तथा अध्यात्मिक चेतनाको माध्यमबाट सबैलाई जोड्नु पर्ने धारणा व्यक्त गर्नुभयो । पण्डित पोखरेलले परियोजना सम्पन्न गर्न नेपाली समुदायले एकै ठाउँमा उभिएर सहयोग गर्नु पर्ने विचारचार व्यक्त गर्नुभयो ।
अमेरिकामा बसोबास गर्दै आउनुभएका उपेन्द्र ढकाल र सुप्रिया कार्की ढकालले महायज्ञको पहिलो दिनमै १ लाख ११ हजार १ सय ११ अमेरिकी डलर ( करिब डेढ करोड रुपैयाँ ) दान गर्नुभएको टेक्सासबाट अनुप आचार्यले जानकारी गराउनुभएको छ । ९ दिनसम्म चल्ने महायज्ञमा अन्य दाताहरुले पनि दान गर्नेक्रम जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा