
पोखरा । सुनाखरीको राजधानीको उपमा पाएको कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरे देउरालीमा ‘प्रथम पञ्चासे जैविक विविधता सम्मेलन’ हुने भएको छ ।
भदौरे देउरालीमा वैशाख १ देखि ३ गतेसम्म प्रथम पञ्चासे जैविक विविधता सम्मेलन गर्न लागिएको हो । ‘पञ्चासेको सान जैविक विविधता र पर्यापर्यटन’ भन्ने मूल नाराका साथ पञ्चासे ईको टुरिजम प्रालिको आयोजनामा पञ्चासे पर्यापर्यटन महोत्सव तथा प्रथम पञ्चासे जैविक विविधता सम्मेलन गर्न लागिएको हो ।
शान्त पर्यापर्यटन र जङ्गल परिभ्रमणकसँगै ग्रामीण क्षेत्रको पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ शान्त पर्यावरणीय मेलाका रुपमा कार्यक्रमलाई अघि बढाइको पञ्चासे ईको टुरिजमका अध्यक्ष नवराज पौडेलले जानकारी दिनुभएको छ । उहाँका अनुसार वैशाख १ गते विशेष पर्यावरणीय पदयात्रा गरी उद्घाटन गरिने छ । वैशाख २ गते विशेष सत्रका रुपमा कार्यपत्र प्रस्तुति सँगसँगै सुनाखरी, चरा र जैविक विविधता अवलोकनको कार्यमूलक सत्र सञ्चालन गरिनेछ ।
तेस्रो दिन योगा, आध्यात्म शिविर र जङ्गल परिभ्रमण पदयात्रा गरी जङ्गलकै बीचमा सुनाखरी सत्र सञ्चालन गरी कार्यमूलक अवलोकन गरिनेछ । सम्मेलनमा जैविक विविधता विज्ञ डा हुम गुरुङ, सुनाखरी वैज्ञानिक भक्तबहादुर रस्कोटी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय गण्डकीका सचिव डा रामचन्द्र कँडेल, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) गण्डकीका प्रमुख डा रवीन कडरिया, पर्यटन विज्ञ डा रामजी शर्मा, पर्यटन विज्ञ डम्बर पुन, चरा विज्ञ मनसान्त घिमिरे, वुद्धिजीवी डा अमर नागिलालगायतको सहभागिता रहने आयोजकले जनाएको छ ।
स्थानीय सांस्कृतिक कार्यक्रम, ट्होटें र गुरुङ संस्कृतिमा आधारित रोधीसमेत सम्मेलनमा प्रस्तुत गरिने छ । सम्मेलनलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्नका लागि आवधिक रुपमा सञ्चालन गर्दै लैजाने तयारी गरिएको छ ।
आगामी वर्षदेखि पञ्चासे ईको टुरिजम प्रालिले पञ्चासे सांस्कृतिक कार्यक्रम, पञ्चासे पर्यापर्यटन महोत्सव र पञ्चासे जैविक विविधता सम्मेलन गरी वार्षिक तीन वटा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री
- डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ६ विदेशीसहित ५२ जना पक्राउ
- गायिका एलिनालाई अभद्र कमेन्ट गरेको आरोपमा एक जना पक्राउ
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री