
काठमाडौँ । सीमाविद् बुद्धिनारायण श्रेष्ठले ठोस् कूटनीतिक पहलमार्फत छिमेकी देशसँगको सीमा समस्यालाई जतिसक्दो छिटो पार लगाउनुपर्ने धारणा राख्नुभएको छ ।
त्रिभुवन विश्वविद्यालयको उपलकुलपति कार्यालयमा आज आयोजित कार्यक्रममा यसवर्षको दण्डपाणि–नन्दकुमारी अज्र्याल स्मृति पुरस्कारबाट सम्मानित भएपछि उहाँले छिमेकी देशसँग नेपालको सीमासम्बन्धी समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा केशरजङ बरालले उहाँलाई पुरस्कार प्रदान गर्नुभयो । देशको सीमासम्बन्धी खोज अनुसन्धान तथा जागरणमा विषेश योगदान पु-याएवापत सीमाविद् श्रेष्ठलाई यो पुरस्कार प्रदान गरिएको हो ।
लामो समय अन्तर्राष्ट्रिय सीमासम्बन्धी अध्ययन अनुसन्धानमा संलग्न श्रेष्ठले छिमेकी मुलुकसँगको सीमा विवाद यथासक्य छिटो समाधान गर्नुपर्ने समेत बताउनुभयो । ‘छिमेकसँगको साँध सीमा विवादलाई लामो सयमसम्म राखिरहनु कसैको पनि हितमा हुँदैन’ उहाँले भन्नुभयो ।
सो अवसरमा उपकुलपति बरालले देशको सीमा र त्यसका विविध पक्षबारे सबैभन्दा जानकार सीमाविद् श्रेष्ठ नै भएको बताउनुभयो । कुनै पनि नागरिकलाई आफ्नो देश चिन्न सीमाविद् श्रेष्ठकै अनुसन्धानले मद्दत गर्ने भएकोले दण्डपाणि–नन्दकुमारी अज्र्याल स्मृति पुरस्कार योग्य व्यक्तित्वले पाएको उहाँको भनाइ थियो ।
इतिहास, संस्कृति र ज्योतिष क्षेत्रका सर्जक स्व दण्डपाणि अर्ज्यालको स्मृतिमा २०६३ सालमा स्थापित यो पुरस्कार हालसम्म ज्ञानमणि नेपाल, प्राध्यापक दिनेशराज पन्त, सत्यमोहन जोशी, प्रा डा सुरेश राज शर्मा, मदमणि दीक्षित, मोदनाथ प्रश्रित, जगमान गुरुङ लगायतका प्रतिभालाई प्रदान गरिसकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा