
महोत्तरी । हिजरी संवत्को रमदान (रमजान) महिना समापन भइरहँदा देशका अन्य भागका साथै महोत्तरीका मुस्लिम बसोबास बाहुल्य भएका बस्तीमा ‘ईद’को चहलपहल सुरु भएको छ ।
रमदानभरि रोजा (व्रत, उपवास_ बसेका मुस्लिम धर्मावलम्बी शव्वाल महिनाको पहिलो तारिखमै मनाइने ईद–उल–फित्र (बोलीचालीमा ईद)को तयारीमा लागेपछि आज मुस्लिम बाहुल्य बस्तीमा रौनक बढेको हो । हिजरी संवत्को पात्रोअनुसार रमदान आज सकिएर भोलि बिहीबार शव्वाल महिना शुरु हुँदैछ । शव्वालको पहिलो दिन ईद मनाइन्छ ।
इस्लाम (मुस्लिम.) परम्पराको मुख्य पर्व ईद मनाउन टाढाटाढा रहेका परिवारजन घर आएका छन् । भोलि मनाइने ईदका लागि सर्दाम जुटाउन लागिएको मटिहानी–८ नुरी बस्तीका २५ वर्षीय मोहम्मद इसराफिल राइन बताउनुहुन्छ । हिजरी संवत्को पात्रोले आज रमदान सकिने उल्लेख गरे पनि इस्लाम परम्परामा सम्बन्धित क्षेत्रका अधिकारप्राप्त इमाम (धर्मगुरु)ले भरे साँझ द्वितीयाको चन्द्रमा देखिएको घोषणा गरेपछिमात्र भोलि ईद मनाउन बाटो खुल्ने भङ्गाहा–४ रामनगरका ५० वर्षीय सहबुल अन्सारीले राससलाई बताउनुभयो ।
इस्लाम परम्परामा चन्द्रमास ९इस्लामिक पात्रोअनुसार० तालिकाअनुसार पात्रो बन्ने चलन छ । यसैले हिजरी संवत्का महिना सामान्यतया चन्द्रमा देखिने शुक्लपक्षको द्वितीया तिथिबाट शुरु हुन्छन् ।
इमामहरूका अनुसार हिजरी संवत् परम्परामा रमदान नवौँ महिना हो । इस्लाम परम्परामा यसै महिनामा पवित्र कुरान पृथ्वीमा अवतरित भएको मानिन्छ । त्यसैले मुस्लिमहरू रमदान महिनामा दिनभरि केही नखाइ उपवास बसेर सद्विचार, सद्आचरण र सत्कर्ममा लागि रहन अल्लाह (ईश्वर) सँग पुकारा गर्छन् ।
रमदान महिनाभरिको रोजा ९उपवास०को उत्सवमय समापन नै ईद भएको पाका इस्लाम धर्मावलम्बी बताउँछन् । ईदमा हुनेखानेले गरिबका लागि दान गर्छन् । दान जसलाई इस्लाम परम्पराले ‘जकात’ भन्छ, यो इस्लाम हुनुको कर्तव्य मानिने रामगोपालपुर–२ का महम्मद कादिर हुसैन बताउनुहुन्छ ।
“इस्लामका पाँच आधारस्तम्भ सहादा ९मुस्लिमपन्थको स्वीकारोक्ति०, नमाज ९प्रार्थना०, रोजा ९रमदान महिनाको उपवास०, जकात ९आफ्नो कमाइबाट गरिबलाई दिन छुट्याइने रकम र हज (मक्काको तीर्थयात्रा) हुन्”, हुसैन भन्नुहुन्छ, “मक्का जाने कुरा आर्थिक अवस्थासँग जोडिने हुँदा स्वेच्छिक देखिन्छ, तर अन्य चार सबै मुसलमानका लागि अनिवार्य छन् ।”
अहिले रमदान समापन हुन लागेका बेला प्रत्येक बस्तीमा कुरान वाचन भइरहको छ । महोत्तरीका सबैजसो बस्तीमा धेरथोर इस्लाम धर्मावलम्बी छन् । जिल्लाका सम्सी, जलेश्वर, मटिहानी, लोहारपट्टी, भङ्गाहा र बलवासहितका स्थानीय तहका धेरै बस्ती मुस्लिम बसोबास बाहुल्य छन् । ईदको चहलपहल सबैतिर भए पनि इस्लाम धर्मावलम्बी बसोबास बाहुल्यताका बस्ती अहिले ईदमय बनेका देखिदा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय