
बागलुङ । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा वृद्धि भएसँगै यस क्षेत्रमा आउने समस्या पनि बढ्दै गएका छन् । वैदेशिक रोजगारीमा जानेक्रम बढेसँगै दलालको लोभमा पर्ने, ठगिने, अङ्गभङ्ग हुने, शारीरिक अपाङ्गता, मानसिक समस्याका साथै घरपरिवारमा कलह सिर्जना हुने गरेका छन् ।
वैदेशिक रोजगारीमा जानेले पर्याप्त जानकारी नलिई, सीप नसिक्दैँ विदेश पुग्दा ठूलो दुःखकष्ट भोग्दै आएका छन् । वैदेशिक रोजगारीमा आउने समस्यामा बागलुङमा सामी परियोजना प्रभावकारी बन्दै आएको छ । विसं २०७६ मा स्थापना भएको सुरक्षित आप्रवासन ९सामी० परियोजनाले जिल्लामा वैदेशिक रोजगारीका कारण आउने समस्या घटाउन, सीप सिकाउन र समस्या समाधानका लागि काम गर्दै आएको छ । दलालले प्रलोभनमा पारेर ठगेको रकम फिर्ताको पहल गर्ने, सीप सिकाउने, विदेश जानुपूर्व परामर्श दिने र विदेशबाट नेपालमा आएको रेमिट्यान्सको सदुपयोगमा प्रभावकारी भूमिका खेल्दै आएको सामी कार्यक्रमका गण्डकी प्रदेश व्यवस्थापक उमा शर्माले बताउनुभयो । उहाँका अनुसार यहाँ सामी शुरु भएको चार वर्षमा परियोजनाको सहजीकरणमा दलालले ठगेको ९ करोड बढी रकम फिर्ता गरिएको छ ।
सामीको सहजीकरणमा ९ करोड २४ लाख ६७ हजार ७ सय ८९ रुपैयाँ विभिन्न ठगी गर्ने व्यक्तिबाट पीडितलाई फिर्ता गराउन सफल भएको व्यवस्थापक शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सामीमा दर्ता भएका तीन सय १४ निवेदनमध्ये एक सय ६८ वटाको समाधान भइसकेको छ । ‘२०७६ सालबाट बागलुङमा सामी परियोजना शुरु गरेका छौँ । अहिलेसम्म वैदेशिक रोजगारीमा आइपरेका ३१४ समस्या हाम्रो कार्यालयमा दर्ता भएकामा १६८ को समाधान गर्न सफल भएका छौँ । दलालले प्रलोभनमा पारेर ठगेको करोड बढी रकम फिर्ता गराएका छौँ’ शर्माले भन्नुभयो, –पीडितले रकमसँगै आगामी दिनमा वैदेशिक रोजगारी जाँदा कसरी ठगिनबाट बच्ने भनेर सिकेका छन् ।’
स्वदेशमै केही गर्नुपर्नेमा जोड दिइएको भन्दै उहाँले विदेश जानै परे सुरक्षितरुपमा जानका लागि सीप तथा आवश्यक परामर्श दिने गरिएको बताउनुभयो । ‘कामको लेनदेन गर्दा बैंकिङ कारोबार र वैदेशिक रोजगारी खुल्ने गरी कारोबार गर्दा धेरै समस्या समाधान हुन्छ उहाँले भन्नुभयो ।
वैदेशिक रोजगारीमा जानु नेपालीको बाध्यतालाई धेरैले ठगीको धन्दा बनाउने गरेका शर्माको भनाइ छ । नेपालमा हरेक वर्ष पाँच लाख युवा श्रम बजारमा आउने गरेका छन् । नेपालले करिब साढे एक लाख जतिलाई सामान्य रोजगारी दिने तथ्याङ्कमा उल्लेख रहेको बताउँदै शर्माले बाँकी युवाको श्रम गन्तव्य वैदेशिक रोजगार रहेकाले अहिले ठूलो समस्या वैदेशिक रोजगार क्षेत्रमा देखिएको बताउनुभयो ।
युवा वैदेशिक रोजगारी जाँदा अरुलाई विश्वास गर्ने तथा ठगी गर्नेले पनि उनीहरुको बाध्यताको फाइदा उठाउने गरेकाले पर्याप्त सूचना र ज्ञान लिएर मात्रै अघि बढ्नुपर्ने जिल्लास्थित परियोजनाका संयोजक मीन उपाध्यायले बताउनुभयो । उहाँले पछिल्लो समय सामाजिक सञ्जालबाट आकर्षक तलब सुविधा भन्दै गरिएको प्रचारप्रसारको भरमा दलाललाई रकम बुझाउने समस्यामा धेरै परेको बताउनुभयो । ‘कतिपयलाई वैदेशिक रोजगारीमा ठगिएपछि जाने निकायको विषयमा जानकारी छैन । बागलुङ नगरपालिका र वैदेशिक रोजगार विभागको समन्वयनमा सञ्चालित परियोजनाको विषयमा जानकारी छैन’ उपाध्यायले भन्नुभयो– ‘राम्रो सूचना र जानकारीको अभावमा ठगिने र रकम दिने गरेका छन् । वैदेशिक प्रयोजनका लागि दिएको भन्ने प्रमाण नहुँदा ठगिएको रकम फिर्ता गर्न कठिन हुने गरेको छ । त्यसैले जिल्ला प्रशासनमा पासपोर्ट बनाउने समयमै हामीले परामर्श गर्दै आएका छौँ, केही हदसम्म हाम्रो कार्यक्रमले ठगिनबाट जोगिनुभएको छ ।’
अवैधानिक बाटोबाट विदेश जाने बढी ठगिने गरेको उपाध्यायको अनुभव छ । ‘अहिले नेपालमा दैनिक २५ सय युवा वैदेशिक रोजगार विभागबाट श्रम अनुमति लिएर विदेश जान्छन्’ उहाँले भन्नुभयो, – ‘जति पासपोर्ट बनेका छन् त्यसको तुलनामा अनुमति लिनेको सङ्ख्या कम छ । यसको अर्थ अनुमति नलिइकन विदेश गएको भन्ने हो, त्यसै गएका झनै बढी ठगिएको पाइन्छ ।’ उहाँका अनुसार परियोजनाले पाँच वटा योजनाअन्तर्गत काम गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय