
मोरङ । मोरङको ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ ।
सीमावर्ती ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब तथा सीमान्कृत नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित कटहरी गाउँपालिका २ हल्दिबारीमा अस्पताल निर्माण थालिएको हो ।
जीवन विकास लघुवित्त संस्थाले २ अर्ब ५० करोड रुपैयाँमा सात तले अस्पताल निर्माण शुरु गरेको हो । संस्थाका अनुसार हाल ६४ करोड रुपैयाँमा अस्पतालको एउटा भवन निर्माण भइरहेको छ । आगामी वर्ष थप दुईवटा भवन निर्माण हुने अस्पतालका अध्यक्ष एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले जानकारी दिनुभएको छ ।
कटहरी बजार चोकबाट दक्षिणतर्फ दुई किलोमिटर दूरीमा निर्माण शुरु भएको अस्पताल सञ्चालनबाट स्थानीयले विभिन्न अवसरका साथै रोजगारी प्राप्त गर्ने उहाँको भनाइ छ । रकम अभावमा नागरिकले स्वास्थ्य उपचार गर्न नपाई मृत्यु हुन नपरोस् हेतुले यस क्षेत्रमा अस्पताल निर्माण थालिएको सांसद मण्डलले बताउनुभयो ।
सामुदायिक अस्पताल हाललाई एक सय शय्याको हुनेछ । अध्यक्ष मण्डलले अस्पतालमा यस क्षेत्रका स्थानीयले उपचारमा ५० प्रतिशत छुट पाउने बताउनुभयो । ‘यस क्षेत्रमा बसोबास गर्ने भूमिहीन सुकुम्बासी, गरिब, किसान, मण्डल, किसान र ऋषिदेवलगायतउपचारका लागि विराटनगर आउनु पर्दा निकै धेरै खर्च हुने गरेको थियो, अस्पताल निर्माणपछि सुलभ शुल्कमा उपचार पाउनेछन्’ उहाँले भन्नुभयो ।
आफ्नै घर आँगनमा उपचारका व्यवस्था हुने भएपछि आफूहरु निकै खुशी भएको स्थानीय रवि मण्डलले बताउनुभयो । अस्पताल २०८१ साल असोज महिनामा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । अस्पतालमा अन्य अस्पतालको तुलनाा सस्तो शुल्कमा उपचार उपलब्ध गराइने अस्पतालले जनाएको छ ।
यस क्षेत्रमा अस्पताल निर्माणपछि भारतीय नागरिकहरु पनि उपचारका लागि आउनसक्ने अध्यक्ष मण्डलको भनाइ छ । कटहरी गाउँपालिका–२ सुकुम्वासी बस्तीकी ३५ वर्षीया रेवतीदेवी ऋृषिदेवले गाउँमा अस्पताल स्थापनाले सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध हुनका साथै रोजगारी समेत प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा