
चितवन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा आजदेखि विक्रम बाबा मेला शुरु भएको छ । निकुञ्ज क्षेत्रमा चैते दशैँका अवसरमा १५ दिनसम्म बाबा मेला लाग्ने गर्छ ।
मेला निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुन र नेपाली सेनाको खड्ग दल गण कसराका प्रमुख सेनानी विकास अधिकारीले सोमबार संयुक्त रुपमा विक्रम बाबाको पूजा आराधना गरी शुभारम्भ गर्नुभएको हो ।
चैतेदशैँलाई लक्षित गरी हरेक वर्ष चैत औशीदेखि पूणिर्मासम्म मेला लाग्छ । विक्रम बाबाको दर्शन गर्न आउने भक्तजनहरुका लागि राप्ती नदीमा डुङ्गाको व्यवस्था गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारीले जानकारी दिनुभएको छ । त्यसका लागि सहज रुपमा निकुञ्ज खुल्ला समेत गरिएको छ । मेलामा आउने भक्तजनको सुरक्षाका लागि निकुञ्ज सुरक्षार्थ खटिएको खड्ग दल गणले विशेष सुरक्षा व्यवस्था लागू गरेको प्रमुख सेनानी एवं गणपति विकास अधिकारीले बताउनुभयो ।
चैते दशैँमा हजारौंँ भक्तजनले विक्रम बाबा दर्शन गर्ने र पशुपंक्षी वली दिने प्रचलन रहिआएको छ । मेलामा चितवनसहित नवलपुर, नवलपरासी, तनहुँ, लमजङ, गोर्खा, मकवानपुर लगायतका जिल्लाबाट दर्शनार्थी तथा भक्तजन आउने गर्छन् । साथै छिमेकी राष्ट्र भारतबाट पनि दर्शनार्थी तथा भक्तजनआउने गर्छन् । विक्रम बाबाको पूजा परापूर्वकालदेखि थारु जातीले गर्ने भए पनि पछिल्लो समय अन्य जातजातीको पनि यसमा आस्था बढेको छ । । विक्रम बाबामा दर्शन गर्नाले सन्तान प्राप्ति, सुख लगायत मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।
किवंदन्तीअनुसार वनाम गरेको आदीबासीको (गुरौ बाघको आक्रमणबाट ज्यान गएको ठाउँमा पूजा गरे भाकल पूरा हुने, परिवारमा शान्ति, सन्तान प्राप्ति, मनोकामना पूरा हुने विश्वास छ ।
विक्रमबाबा अद्भूत क्षमताका व्यक्ति हुनुहन्थ्यो । उहाँँले जल, जमिन र जङ्गललाई आफ्नो जीवनको आधार बनाएर बसेका थारू समुदायको कल्याण गर्दै आएका आउनुभएको थियो । विक्रम बाबामा आएर पूजाआजा गरेर स्मरण गरेपछि सन्तान प्राप्त हुने धार्मिक विश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा