
भक्तपुर। जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले देशभरका ८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको जनाएको छ । चैत १३ गतेसम्म कूल एक करोड ७० लाख थान पुस्तक छपाई गरी हालसम्म ८० प्रतिशत पुस्तक बिक्री गरिसकेको केन्द्रका महाप्रबन्धक अनिलकुमार झाले जानकारी दिनुभयो ।
उहाँले आजसम्म ७५ जिल्लामा पुस्तक पुगिसकेको जानकारी दिनुभयो । अनुसार आजदेखि सोलुखुम्बु, बाँकै र बर्दियामा पाठ्यपुस्तक वितरण सुरु भएको छ । कैलालीमा भने भोलिदेखि पुस्तक बिक्री सुरु गरिनेछ । उहाँले यही चैत २८ गतेसम्म सबै जिल्लामा पाठ्यपुस्तक बिक्री वितरण गर्ने गरी काम भइरहेको बताउनुभयो ।
स्थानीय तहले विद्यालयलाई पाठ्यपुस्तकको रकम निकासा नगर्दा पाठ्यपुस्तक बिक्रीमा केही ढिलाइ भएको उहाँको भनाइ छ । उहाँले सोलुखुम्बुका स्थानीय तहलाई पत्राचार गरेको १० दिनपछि आज रकम निकासा भएको बताउनुभयो । दुर्गम जिल्लाका विद्यालयमा पाठ्यपुस्तक वितरणपछि काठमाडौं उपत्यकामा सुरु गरिने उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा