
काठमाडौँ । युकेजीमा पढ्ने ६ वर्षीय आरभ बन्धुले भर्खरै अक्षर चिन्दैँ हुनुहुन्छ ।अक्षरभन्दा बढी उहाँ चित्रका रेखा स्पष्ट र कलात्मक ढङ्गले उर्तान सिपाली हुनुहुन्छ । हुने विरुवाको चिल्लो पात भने जस्तै, अहिलेदेखि नै आरभको चित्रकलामा भविष्य उज्ज्वल देखिन्छ ।
आज नयाँ बानेश्वरस्थित एनबी सेन्टरको पहिलो तल्लामा उहाँको एकल चित्र प्रदर्शन भएको छ । घुमेर दृश्य अवलोकन गरी पेन्सिलले कोरिहाल्ने उहाँको स्वभावको परिणाम स्वरुप सानै उमेरमा एकल चित्रकला प्रदर्शन गर्न सम्भव भएको उहाँका बुवा भरतबन्दु थापाले बताउनुभयो ।
भक्तपुर बस्ने आरभका अनुसार १५ दिनमा २५ वटा स्केच कोर्नुभएको छ । पशुपति तथा जानकी मन्दिर, जात्रा, शिव लिङ्गलगायत प्राकृतिक दृश्य उहाँले चित्रमा उतार्ने गर्नुहुन्छ । आरभको कला नियाल्न बालबालिकादेखि बुढापाकासम्म झुम्मिएका थिए । भविष्यमा चित्रकार बन्ने उद्देश्य राख्नुभएका आरभ भन्नुहुन्छ– ‘चित्र कोर्न पाउँदा खुशी मिल्छ ।’
छोराको कलाप्रतिको रुची बुझेरै परिवारमा हौसला प्रदान गर्न एकल चित्रकला प्रर्दशनी राखिएको उहाँकी आमा गीताञ्जलीले बताउनुभयो । ‘बालबालिकाको रुचीमा अभिभावक सहयोगी हुनुपर्छ’ उहाँले भन्नुभयो– ‘हाम्रो थोरै हौसलाले धेरै प्रगति गर्न सक्छन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा