
काठमाडौँ । टोखामा तीनदिने ‘पाँहाचह्रे’ जात्रा शुरु भएको छ ।
जात्राका क्रममा टोखाका नेवार समुदायले पाहुना बोलाएर मीठो खुवाउने प्रचलन रहेको नेवाः गुथि टोखाका अध्यक्ष रमेश नापितले बताउनुभयो । आज विनायक र सङ्कटा अजिमाका रथलाई गाउँ परिक्रमा गराइन्छ ।
परिक्रममाका क्रममा जहाँ–जहाँ महादेव लुकेर बसेको छन् त्यहाँ पुर्याई दर्शन गराएर फर्काउने चलन रहेको अध्यक्ष नापितले बताउनुभयो । भोलि घोडेजात्राका दिन साँझ ६ ३० बजे सपन विनायनको रथलाई सपनतीर्थमा लैजाने, सङ्कटाको रथलाई तरख्यःमा ल्याएर छजना कुमार र चारजना कुमारीलाई भात खुवाइने उहाँले बताउनुभयो ।
सपनतीर्थको रथलाई नात्येश्वर र सङ्कटाको रथलाई थलाग टोलमा बिसाइन्छ । त्यही रात भजनकीर्तन गर्ने र जाग्राम बस्ने चलन छ । जात्राको अन्तिम दिन बिहान ६ ३० बजे सपनतीर्थको रथ नात्येश्वरबाट र सङ्कटाको रथ थलाग टोलबाट बाजागाजासहित कपडा बिच्छ्याएर थलागटोलमा रहेको पाँचवटा प्वाल भएको ढुङ्गा (न्या प्वाय ल्हो) मा लगेर सपनविनायकले सङ्कटालाई तीनपटक ढोगाउने चलन छ । त्यसपछि सङ्कटा अगाडि र सपनविनायकको रथ पछाडि बसेर लिङ्गेश्वरलाई तीनपटक परिक्रमा गरी जात्रा समापन गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा