
काठमाडौँ । नेपाल वन प्राविधिक सङ्घको अध्यक्षमा राकेश कर्ण निर्वाचित हुनुभएको छ ।
शनिबार भएको मतदानमा कर्णले एक हजार दुई सय ६१ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी विजयराज पौडेलले आठ सय ६८ मत प्राप्त गर्नुभयो ।
कर्ण प्रजाान्त्रिक वन प्राविधिक सङ्घ, मधेसका लागि वन र नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जालका तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । पौडेल प्रगतिशील वन प्राविधिक सङ्घ र मधेसका वनको तर्फबाट उम्मेदवार बन्नुभएको थियो ।
वनको संरक्षण, व्यवस्थापन र अध्ययनकर्ताको साझा पेशागत सङ्गठनका रुपमा रहेको सङ्घमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सदस्य गरी १४ सदस्यीय समितिका लागि निर्वाचन भएको थियो । अध्यक्षका दुवै उम्मेदवार प्यानलसहित निर्वाचनमा होमिनुभएको थियो । कर्ण नेतृत्वको प्यानल उपाध्यक्ष र महिला सदस्यबाहेक १२ पदमा निर्वाचित भएका छन् ।
सङ्घको कार्यकाल तीनवर्ष रहेको छ । कूल तीन हजार एक सय ६७ मतदातामध्ये दुई हजार दुई सय सय मत खसेको निर्वाचन समितिका संयोजक अरुण शर्मा पौडेलले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा