
काठमाडौँ । ललितपुरको हात्तीवनस्थित सोफा बनाउने सिक्मा मेटल इन्टेक्समा शनिबार बिहान भएको आगलागीमा जीवन गुमाउनेको पहिचान भएको छ ।
आगलागीमा काभ्रेपलाञ्चोक पाँचखालका राजु ठकुरी भनिने भोजबहादुर पहरीको मृत्यु भएको ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभएको छ ।
मृतकका परिवारले उनको शव पहिचान गरेका हुन् । पहरी सोही कारखानामा काम गर्नुहुन्थ्यो । आगलागीबाट १० लाख बढीको क्षति भएको प्रवक्ता सुवेदीले बताउनुभयो । विद्युत् चुहिएर आगलागी भएको हो । आगलागीबाट सोफा तथा तिनलाई बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा