
मनाङ । सोलुखुम्बुको याक आनुवांशिक स्रोत केन्द्र स्याङ्बोचेमा उत्पादन भएर शुद्ध नस्लका लागि मनाङ ल्याइएका ९ वटा याक दुब्लाउँदै गएका छन् । हावापानी तथा भूगोल परिवर्तन हुँदा यिनीहरु राम्ररी फस्टाउन नसकेको गण्डकी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ ।
आकारमा साना भएकाले यहाँका ठूला याकहरुसँगै राख्न पनि समस्या भएको मनाङ याकचौँरी पालन तथा संरक्षण संस्थाका अध्यक्ष सुरेश थकालीले बताउनुभयो । उहाँले भन्नुभयो, “भूगोल परिवर्तन भएर होला त्यति खुसीसँग रमाएको पाइएको छैन । यिनीहरुलाई जोगाउन पनि समस्या जस्तै भएको छ ।” आकारमा साना भएकाले ठूला याकले हानेर मारिदिने डर कायमै रहेको उहाँले बताउनुभयो ।
अध्यक्ष थकालीले माथि जाने बेला नभएकाले जहाँ वितरण गरिएको थियो सोही ठाउँमा ती याकलाई राखिएको जानकारी दिनुभयो । नार्पाभूमिका लागि छुट्याइएका याकहरु हालसम्म पनि सो पालिकाले नलैजाँदा महिनाको रु ३० हजार खर्च गरी ब्याडका रुपमा पालिरहेको उहाँले बताउनुभयो ।
गत पुस १९ गते सोलुखुम्बुबाट मनाङ हिँडाइएका ९ वटा याक मनाङ आइपुगेका थिए । ती याक यहाँका किसानलाई वितरण गरिएको थियो ।
ङिस्याङ गाउँपालिकाको पिसाङ समूहलाई एक, भ्राकास्थित तीन गोठलाई एक तथा नासोँ गाउँपालिकाका तीन समूहलाई एक/एकका दरले वितरण गरिएको थियो । चामे गाउँपालिकामा समहूलाई र तीन गोठको समूहलाई एक/एक वटा वितरण गरिएको छ । बाँकी दुई याक याकचौँरी संरक्षण संस्थामा हेरालुको व्यवस्था गरी राखिएको थियो ।
चारवटा पालिका रहेको जिल्लामा हरेक पालिकालाई दुईवटाका दरले वितरण गर्ने भनिए पनि नार्पाभूमि गाउँपालिका विकटमा हुनुका साथै त्यहाँका कोही पनि सम्पर्कमा नआएपछि संस्थामै राखिएको अध्यक्ष थकालीले बताउनुभयो । २५ प्रतिशत किसानले बेर्होर्ने गरी वितरण गरिएका सबै याकको बीमा गरिएको, काटमार तथा बेचबिखन गर्न नपाइने सर्त राखिएको उहाँको भनाइ छ ।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले ल्याएका सबै भाले याक हुन् । हाडनाता प्रजनन्ले मनाङका याकको नस्ल राम्रो नभएकाले किसानको २५ प्रतिशत लागत साझेदारीमा ती याक वितरण गरिएको निर्देशनालयले जनाएको छ । सरकारी मूल्यअनुसार रु २० देखि २५ हजारमा ती याक किनिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न