
काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भने गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुन पनि तोलामा १ हजार ३ सयले ओरालो लागेको छ । बिहीबार प्रतितोला १ लाख ३३ हजार ३ सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने १ लाख ३२ हजार ५० निर्धारण भएको हो ।
यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला १ हजार ६ सय १५ रुपैयाँ निर्धारण भएको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो । यस आधारमा चाँदी तोलामा रु ३५ ले घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा