
काठमाडौँ । गायक राजेश पायल राईलाई पक्राउ परेका छन् । गायक राईलाई मादक पदार्थ पिएर होहल्ला गरिरहेको अवस्थामा प्रहरीले बुधबार राति नामनगरस्थित मदनभण्डारी कलेजनजिकैबाट पक्राउ गरेको हो ।
गायक राईसहित ३ जनालाई नियन्त्रणमा लिइएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिनुभएको छ । ‘उनीहरू तीनै जनालाई गएराति नियन्त्रणमा लिई नयाँ बानेश्वर प्रहरी वृत्तमा राखिएको छ’ उहाँले भन्नुभयो ‘घटनाबारे अनुसन्धान भइरहेको छ।’
काठमाडौं प्रहरी प्रवक्ता अधिकारीका अनुसार गायक राईसहितका ३ जनालाई मदिरा पिएर होहल्ला गरेको भन्दै स्थानीयले खबर गरेपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो। त्यस क्रममा गायक राईलगायतले उल्टै प्रहरीलाई गालीगलोज गरेपछि नियन्त्रणमा लिएको हो ।
प्रहरीले पक्राउ परेका अन्यको नाम भने खुलाएन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा