
इलाम । इलाम सदरमुकाममा सेनिटरी प्याड उत्पादन शुरु भएको छ ।
इलाम नगरपालिकाको आर्थिक सहयोगमा नारी शक्ति नेपालले सञ्चालन गरेको उद्योगबाट दैनिक तीन सय प्याकेट प्याड उत्पादन भइरहेको संस्थाकी सचिव खिनु बस्नेतले जानकारी दिनुभएको छ।
उहाँले उद्योगमा महिलालाई रोजगारीको व्यवस्था गरिएको बताउँदै भन्नुभयो, “कूल २५ लाख रुपैयाँ लागत रहेको हाम्रो उद्योगलाई नगरपालिकाले तीन लाख २० हजार रुपैयाँ अनुदान दिएको छ । दश लाख रुपैयाँ ऋण लिएका छौँ । बाँकी सबै संस्थाको लगानी हो ।”
बुधबार एक औपचारिक कार्यक्रमका बीच नगरप्रमुख केदार थापाले उद्योगको उद्घाटन गर्नुभएको छ । महिलाका समस्या समाधानमा नगरपालिका गम्भीर रहेको बताउँदै नगरप्रमुख थापाले उद्योगले महिलालाई रोजगारीको अवसर सिर्जना गर्ने र यहाँको आवश्यकता यही उत्पादनले धान्ने विश्वास व्यक्त गर्नुभयो । “अहिलेकै उत्पादनले परिपूर्ति नहोला तर, उत्पादनमा वृद्धि गरेर ‘प्याड’मा इलामलाई आत्मनिर्भर बनाउने कुरामा सफलता मिल्छ भन्नेमा ढुक्क छु”, उहाँले भन्नुभयो, “महिलाले उद्योग सञ्चालन गरेको कुराले समाजमा सकारात्मक सन्देश प्रवाह भएकामा खुसी छु ।”
उक्त उद्योगले हाल ‘ब्रान्डिङ, प्याकेजिङ, लेवलिङ’को काम गरिरहेको संस्थाकी अध्यक्ष बबिता लिङदमले जानकारी दिनुभएको छ । उद्योगमा बजारको अवस्था हेरेर उत्पादनका सबै काम गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार उद्योगमा अहिले दुई जना महिला कार्यरत छन् ।
उद्घाटन कार्यक्रममा उपप्रमुख विष्णु दाहाल, वडाध्यक्षहरु नुतनदेव दुुलाल, नरेश श्रेष्ठ, गायत्रीराम बस्नेत, पत्रकार महासङ्घका अध्यक्ष विप्लव भट्टराई, औषधि व्यवसायी सङ्घका अध्यक्ष वासु घिमिरे, महिला सशक्तीकरणकी अध्यक्ष ज्योतिमाला प्रधानको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै