
मोरङ । इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान मुबारक महिनासँगै मस्जिदमा एत्तकाब बस्ने कार्य शुरु भएको छ ।
रमजान महिना तीन भागमा विभाजित हुन्छ । यसमध्ये पहिलो आसरा ‘रहमत’, दोस्रो आसरा ‘मगफिरत’ र २०औँ रोजा व्रतदेखि शुरु हुने तेस्रो आसरा अर्थात् नर्कबाट मुक्ति प्राप्त गर्न प्रत्येक जामे मस्जिदमा एत्तकाब बस्ने प्रचलन छ।
‘विराटनगर महानगरपालिका–६ निवासी शहबाजिया माध्यमिक विद्यालयका प्रधानाध्यापक इमाम हैदरका अनुसार यो एत्तकाब मुस्लिम समुदायका लागि मात्र नभएर संसारका हरेका मानव जातिका लागि सुुख, शान्ति, सद्भाव र समृद्धिका लागि अल्लाहसँग प्रार्थना गर्नु हो’ भत्रुभयो ।
एत्तकाबमा बस्ने मानिसले मौन रही घरपरिवार, इस्टमित्र र व्यापार अन्य क्रियाकलापबाट टाढा रहनुपर्ने धार्मिक मान्यता छ जसलाई मुसलमानहरुले अहिलेसम्म पछ्याइरहेका छन् । विराटनगर बुधहाट जामे मस्जिदमा मोहम्मद एजहारुल, हाजी कमर आलम, अब्दुल कादिर एत्तकाबमा बस्नुभएको छ ।
दान दिनु गरिब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । कुलतमा लागेकाहरु एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सकिने अनुमान गर्न सकिन्छ ।
त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुस्लिम मुस्लिम रोजा बस्नुलाई गर्व मान्दछन् । नबालक, बिरामी, गम्भीर प्रकृतिका रोगी र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन । सम्भवतः यस वर्ष मुस्लिम समुदायले चैत २८ गते ‘इदुलफित्र’ पर्व धुमधामसँग मनाउने तयारीमा जुटेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा