
कञ्चनपुर । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको महाकाली सिँचाइको तेस्रो चरणमा आगामी साढे दुई महिनामा दुई हजार हेक्टर क्षेत्रफल सिँचाइ पुर्याउने लक्ष्यसहित काम अघि बढाइएको छ ।
आयोजनाको तेस्रो चरण अन्तर्गत हाल मूल नहरसँगै शाखा नहर निर्माण भइरहेको छ । हालसम्म २८ किलोमिटर मूल नहर निर्माण सम्पन्न भइसकेको तेस्रो चरण आयोजनाका सिडिई उमेश गुप्ताले जानकारी दिनुभयो । मूल नहर निर्माणको काम २०६४ सालदेखि कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रह्मदेवबाट शुरु भएको हो ।
कञ्चनपुरसँगै कैलालीको मालाखेतीसम्म गरी कूल ३३ हजार ५ सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य साथ आयोजना निर्माण शुरु गरिएको हो । ‘कूल २८ किलोमिटरदेखि मालाखेतीसम्म निर्माणका लागि ५ प्याकेजमा ठेक्का भइसकेको छ’ सिडिई गुप्ताले भन्नुभयो– ‘ठेक्का भएकामध्ये केहीले काम शुरु गरिसके बाँकी शुरुवातको तरखरमा छन् ।’
कूल २८ देखि ४८ सम्मको २० किलोमिटर मूलनहर निर्माणसँगै २ हजार ९ सय मिटरको कृष्णपुरको गुलरिया नहर र चार किलोमिटर मालाखेतीको नहरसमेत निर्माण भइरहेको आयोजना कार्यालयले जनाएको छ । ‘शुक्लाफाँटा नगरपालिकाको फुलेलीदेखि मालाखेतीसम्म मूल नहर र अन्य नगर गरी दुई ५० करोड अर्ब रुपैयाँको प्याकेज हो’ सिडिई गुप्ताले भन्नुभयो– ‘यता मूल नहर निर्माण भएका क्षेत्रमा दुई वटा शाखा नहर निर्माण भइसकेका छन् ।’
डेढ दशकअघि थालिएको आयोजनाको २०७५ सालमा आइपुग्दा १२ किलोमिटर मूल नहर निर्माण भएको थियो । राष्ट्रिय गौरवको प्राथमिकतामा परेपछि मात्रै आयोजनाले गति लिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै