+

सहकारीको समस्या समाधान गर्ने कार्यक्रम आउँछ : मन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी अभियानमा जोडिएका लाखौं शेयर सदस्यलाई निराशा हुन नदिने बताउनुभएको छ ।

मन्त्री अधिकारीले ६७औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजित कार्यक्रममा उद्देश्य एउटा काम गर्ने अर्को हुँदा सहकारीको समस्या आएको बताउनुभएको हो ।

मन्त्री अधिकारीले  सहकारीको समस्या समाधान गनृ सरकारले कार्यक्रम ल्याउने तयारी गरिरहेको जानकारी समेत दिनुभएको छ ।  ‘सहकारीभित्र देखिएका समस्या समाधान गर्न टोली बनाएर जानुपर्छ’  उहाँले भन्नुभयो– ‘सरकार, सहकारी र समुदाय मिलेर समस्या समाधानमा लाग्नुपर्छ ।’

राष्ट्रिय सहकारी महासंघका पूर्वअध्यक्ष तथा पूर्वमन्त्री केशव बडालले सहकारीमा अहिले देखिएको समस्याले सहकारी क्षेत्रलाई शुद्धिकरण गर्ने समय भएको जनाउ दिएको बताउनुभयो । ‘दर्ता गर्दैखेरि लुट्ने ध्येय राखेर दर्ता भएका सहकारी संस्था र सहकारी र कम्पनीको फरक छुट्याउन नसक्ने नेताका कारण समस्या भएको हो’ उहाँले भन्नुभयो– ‘.एउटै मान्छेले धेरै ठाउँमा संस्था खोलेको छ, यसमा दोषी सरकार हो । सहकारी सङ्घ, महासङ्घ हैन । सबै संस्था खराब हैनन् ।’

महासङ्घका पूर्वअध्यक्ष तथा पूर्वगृहराज्यमन्त्री दीपकप्रकाश बास्कोटाले सहकारीको समस्याको पहिचान गर्दै त्यसलाई समाधान गर्ने बाटो खोज्नुपर्ने र सरकारले त्यसलाई सहजीकरण गरिदिनुपर्छ भन्नेमा जोड दिनुभयो । ‘सहकारीलाई छुट्टै नियमन गर्नुपर्छ । तालिम केन्द्र कलेजहरुको स्थापनाका साथै विश्वविद्यालयको स्थापना गरिनुपर्छ’ उहाँले भन्नुभयो– सहकारीको विशिष्ट कार्यक्षेत्र सरकारद्वारा निर्धारण गरिनुपर्छ । सहकारीको ब्यानरमा ठगी गर्ने पद्धतिलाई रोक्ने व्यवस्था छैन । ४७ वटा ऐन संशोधन गर्नुपर्छ भनेर महासङ्घले पाँच÷सात वर्ष भइसकेको छ ।’

कार्यक्रममा पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय सहकारी महासङ्घका सल्लाहकार खगराज अधिकारी सहकारी,महासङ्घका सल्लाहकार तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, महासङ्घका सल्लाहकार तथा पूर्वमन्त्री लीलामणि पोखरेल,राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी ,सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरेले धारणा राख्नुभएको थियो ।

कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव डा। प्रतापकुमार पाठकले ‘सहकारीमा सुशासनः प्रविधिको उपयोग एवम् सहकारी एकीकरण’ विषयमा प्रस्तुतीकरण गर्नुभएो थिया्े ।  त्यस अवसरमामा संस्थापक अध्यक्ष दिपकप्रकाश बाँस्कोटाको सहकारी यात्रा लोकार्पण गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै