
अर्घाखाँची । वनमा लागेको डढेलो निभाउनेलाई पुरस्कृत गरिने भएको छ ।
गर्मी मौसममा जिल्लाका विभिन्न क्षेत्रमा डढेलो फैलिन सक्ने सम्भावना भएको र डढेलो निभाउनमा योगदान दिने सङ्घ, संस्था, समूह र व्यक्तिलाई १० हजार रुपैयाँका दरले पुरस्कृत गर्ने निर्णय गरिएको डिभिजन वन कार्यालयका वन अधिकृत मदन ढुङ्गानाले बताउनुभयो ।
डिभिजन वन कार्यालय अर्घाखाँचीको आयोजनामा भएको वन डढेलो रोकथाम तथा नियन्त्रणसम्बन्धी कार्यक्रम तथा जिल्ला वन समन्वय समिति र जिल्ला वन सुरक्षा समितिको संयुक्त बैठकमा डढेलो निभाउनेलाई पुरस्कृत गर्ने निर्णय भएको हो ।
बैठकले डिभिजन वन कार्यालय अर्घाखाँचीको वन डढेलो नियन्त्रण कार्ययोजना स्थानीय तहको सुझावअनुसार स्वीकृत एवम् कार्यान्यन गर्ने, डिभिजन वन कार्यालयको वार्षिक कार्यक्रमअनुसार वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि जनचेतनामूलक नमूना कार्यक्रम सञ्चालन जारी राख्ने, स्थानीय तहहरुले वन डढेलो नियन्त्रणका लागि व्यापक प्रचारप्रसार तथा आवश्यक स्रोत व्यवस्थापन गर्नका लागि अनुरोध गर्ने लगायतका निर्णय गरेको डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।
बैठकले जिल्लामा लाग्ने आकस्मिक डढेलो नियन्त्रण गर्न सुरक्षा निकाय एवं वन कार्यालयको संयुक्त प्रयासबाट ‘क्विक रेस्पोन्स टिम’ गठन गरी परिचालन गर्ने पनि निर्णय गरेको छ ।
जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाको अध्यक्षतामा बसेको बैठकमा भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झबिलाल थापा, छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै