
बाजुरा । जिल्ला सदरमुकाम मार्तडी बजार क्षेत्रमा मानिस हिँड्ने तथा सवारी सञ्चालन हुने सडकको उचित व्यवस्थापन नहुँदा बजार अस्तव्यस्त बनेको छ ।
बडीमालिका नगरपालिकाको मार्तडीमा सडक कब्जा गरी राखिएका गिटी, बालुवा तथा अव्यवस्थित तरिकाले रोकिएका सवारीसाधनको उचित व्यवस्थापन नहुँदा बजर क्षेत्र अस्तव्यस्त बनेको हो । सवारीसाधनका लागि बनाएका सडकमा पैदलयात्रुलाई हिँड्न मुस्किल पर्नेगरी स्थानीयले प्रयोग गर्दै आएका छन् । स्थानीय प्रहरी प्रशासन तथा नगरपालिकाले सवारीसाधन तथा निर्माण सामग्री सडकमा नराख्न सूचना जारी गरे पनि कार्यान्वयन हुन सकेको छैन ।
स्थानीय व्यापारी तथा सवारी चालकले जथाभाबी सडकमा सवारीसाधन पार्किङ गर्दा नगरपालिकाले प्रभावकारी कदम चाल्न नसकेको स्थानीय लक्ष्मण रोकायाले बताउनुभयो । ‘जथाभावी सडकमा पार्किङ गर्ने, बालुवा गिटी थुपार्दा पनि नगरपालिका दर्शक बनेर बसेको छ’ उहाँले भन्नुभयो ।
९ वटै पालिकाको प्रमुख बजारका रुपमा मार्तडीलाई लिइन्छ । जिल्ला बाहिरबाट आउनेहरुले पनि समग्र जिल्लाको अवस्था यही बजारलाई हेरेर बुझ्ने भएको नगरपालिकाले बजार क्षेत्रमा पार्किङ तथा पसललगायतलाई उचित व्यवस्थापन गर्नुपर्नेमा रोकायाले जोड दिनुभयो । ‘साझा सरोकार भएका विषयमा नगरपालिका तथा स्थानीय जनप्रतिनिधिले चासो दिनुपर्नेमा निरीह भएर बसेका छन्’ उहाँले भन्नुभयो ।
प्रहरी प्रशासन लगाएर भए पनि मार्तडीको सुन्दरता, व्यवस्थापन र सडक पार्किङको समस्या समाधान गर्नुपर्ने पैदल यात्री बताउँछन् । सडकमा स्थानीयले घर बनाउनका लागि गिटी, बालुवा र अन्य सामग्री फाल्नुका साथै पसल तथा घरबाट निस्किएको फोहरले बजार थप दुर्गन्धित बनेको उनीहरुको भनाइ छ ।
यसरी सडकमा फालिएका निर्माण सामग्रीका कारण सवारीसाधन र स्थानीयलाई आवतजावतमा सास्ती बेहोर्नु परेको स्थानीय रोकायाले बताउनुभयो । मार्तडीको दुनीहाटबजारबाट खुलामञ्च–अस्पताल रोड–खेलकुद रोड हुँदै गौँडाडिलसम्म पुग्ने सडक अस्तव्यस्त रहेको उहाँको भनाइ छ ।
नगरपालिकाले सडकमा जथाभावी फालिएका भौतिक सामग्री व्यवस्थापनमा चासो नदिँदा दुर्घटनाको जोखिम बढेको यातायात व्यवसायी बताउँछन् । स्थानीय सरकारले जनताको दैनिकीसँग जोडिएका विषयमा चासो नदिएको व्यवसायीको भनाई छ । बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा थापाले सडक छेउछाउमा जथाभावी राखिएका गिटी, बालुवा तथा निर्माण सामग्री हटाउन पालिकाले तत्काल सूचना जारी गर्ने बताउनुभयो ।
सडक व्यवस्थित गराउन पालिकाले पटकपटक सूचना जारी गर्दै निर्माण सामग्री हटाउन पहल गर्दै आए पनि स्थानीयले सूचनाको बेवास्ता गर्दै आएका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले दाबी गर्नुभयो ।
अस्तव्यस्त निर्माण सामग्री, अव्यवस्थित सवारी पार्किङ र बढ्दो फोहरमैलाले मार्तडी बजारको सुन्दरता हराउँदै गएको छ भने दुर्घटनाको जोखिम पनि बढिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा