
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६ दशमलव २६ अंकले ओरालो लागेको छ । सोमबाको कारोबारमा परिसूचक शून्य दशमलव ३१ प्रतिशतले घटेर २ हजार १२ दशमलव ०७ अंकमा अडिएको छ ।
आज विभिन्न कम्पनीका ७२ लाख ९० हजार २ सय कित्ता शेयर, ६३ हजार १५ पटक खरिद बिक्री हुँदा २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३ सय ५ रुपैयाँमा कारोबार भएकोे छ ।
कारोबारमा होटल र पर्यटन समूहको उपसूचक एक दशमलव १६ प्रतिशत र ट्रेडिङ समूहको उपसूचक शून्य दशमलव २० प्रतिशतले बढेको छ । साथै बाँकी समूहको उपसूचकमा कमी देखिएको छ ।
गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड र माइ खोला हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ९ दशमलव ४४ प्रतिशतले बढेको छ ।
रिभल फल्स पावर लिमिटेडको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशतले घटेको छ । हिमालयन हाइड्रोपावर लिमिटेडको ६ दशमलव २७ प्रतिशत, अपर लाहोर खोला हाइड्रोपावर कम्पनी लिमिटेडको ६ दशमलव १७ प्रतिशत र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ५ दशमलव ७३ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सर्वोत्तम सिमेन्ट लिमिटेड शीर्ष स्थानमा छ । कम्पनीको ४७ करोड २९ लाख १७ हजार ६ सय ३२ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा