
सर्लाही । प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । ठूलो परिणाममा स्रोत नखुलेको रकमसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
सोमबार गोप्य सूचनाका आधारमा प्रहरीले २७ लाख ७५ हजार सय ७० रुपैयाँँसहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा मलङ्गवा नगरपालिका–३ बस्ने २४ वर्षका कमर राजा र लालबन्दी नगरपालिका–७, घरभई मलङ्गवा नगरपालिका–९, स्थित फोन सिटी मोबाइल पसल सञ्चालन गर्ने ४० वर्षका आरिफ अन्सारी छन् ।
प्रहरीका अनुसार मलङ्गवा नगरपालिका–९ बाट १० लाख र लक्ष्मी सनराइज बैंकको खातामा ९ लाख ९० हजार रुपैयाँ जम्मा गर्ने दुईवटा भौचरसहित पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी सर्लाहीका सहायक सूचना अधिकारी सविनकुमार कार्कीले राजालाई पैसासहित पक्राउ गरिएको हो । साथै राजासँग सोधपुछ गर्ने क्रममा उनले पैसा अन्सारीको भनेपछि प्रहरीले अन्सारीको मोबाइल पसलमासमेत छापा मारेको थियो । पसलबाट स्रोत नखुलेको १७ लाख ७५ हजार सय ७० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले अन्सारीको मोबाइल पसलमा लुकाइएको अवस्थामा एक हजार रुपैयाँ दरका एक हजार चार सय ५४ थान, ५ सय रुपैयाँ दरका ६ सय रुपैयाँका २२ थान, एक सय रुपैयाँ दरका एक सय ९ थान, ५० रुपैयाँको एक थान र २० रुपैयाँको एक थान नेपाली नोट बरामद गरेको हो ।
पक्राउ परेका राजा र अन्सारीले बरामद रकमको स्रोत बताउन नसकेपछि उनीहरुले अवैध हुण्डी कारोबार गरेको आशङ्कामा अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी प्रमुख दयानिधि ज्ञावालीले जानकारी दिनुभएको छ ।
दुवैलाई जिल्ला प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको उहाँको भनाइ छ । उनीहरुलाई प्रहरीले आइतबार नै पक्राउ गरेको भए पनि सोमबार बिहान पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा