
पाल्पा । प्रहरीले १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक गरेको छ । जिल्लाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाकी पदमा सुनारको बीभत्स हत्या गरेको अभियोगमा छिमेकी सागर भनिने देवलाल सार्कीलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।
सुनारको गत मङ्गलबार दिउँसो १२ बजे धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । प्रारम्भिक अनुसन्धानमा हत्यामा संलग्न देखिएकोले लप्सीखोलाका १९ वर्षीय सार्कीलाई पक्राउ गरि सार्वजनिक गरिएको पाल्पाका प्रहरी नायव उपरीक्षक सुुगन्ध श्रेष्ठले जानकारी दिनुभएको छ ।
घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग भएका सामग्री बरामद गरेको छ । प्रतिवादीले हत्या गर्दा प्रयोग गरेको धारिलो हतियार (हसिया) एक थान, हत्या गर्दा लगाएको लुुगा कालो जिन्स पाइन्ट र रातो टिसर्ट एक–एक थान, रातो रङको खादा, कालो रङ्गको चप्पल एक जोर, मृतकको मोबाइल एक थान र रगतजस्तो रातो पदार्थ लागेको मोबाइलको टेम्पर ग्लास एक थान बरामद गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताउनुभयो ।
सुनार गत मङ्गलबार घरबाट दुई किलोमिटर टाढाको लप्सीखोलामा कपडा धुन र नुहाउन गएकी थिइन् । उनी दिउँसो साँढे तीन बजेसम्म घर नआएपछि खोजतलास गर्ने क्रममा ४ बजेको समयमा रिब्दिकोट–१ खुलखुले गैरास्थित लप्सीखोलाबाट कराम्दीतर्फ जाने गोरेटोमा उनले धुन लगेका कपडा लथालिङ्ग अवस्थामा भेटिएको थियो ।
त्यही स्थानबाट करिब २० मिटर तलपट्टि खरबारीमा सुनारको टाउको, घाँटी, हातमा घाउचोट सहित रगताम्य अवस्थामा मृत फेला परेकी थिइन् । घटना थाहा हुने बित्तिकै प्रहरीचौकी सर्देवा, हार्थोक, अर्गली र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षकसहितको टोली घटनास्थल पुगी हत्याको अनुसन्धान शुरु गरेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा धारामा मृतक सुनारले लुगा धोएर डोकोमा हाल्ने बेला सामान्य विवाद भएको र लुगा बोकेर घरतर्फ फर्किँदै गर्दा पछाडिबाट अभियुक्त सार्कीले हँसिया प्रहार गरेको खुल्न आएको छ ।
मृतकको बायाँ पाखुरा, टाउको र पछाडि खप्परमा प्रहार गर्दा मृतक सुनार बाटोबाट करिब २० मिटर तल खरबारीमा घस्रिदै गई घोप्टो अवस्थामा पुुगेको प्रहरीले जनाएको छ । मृतकको टाउकोमा दुई/तीनपटक प्रहार गरी मोबाइल समेत लिएर गएको अभियुक्तले प्रहरीलाई बताएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
मृतकको शव शव परीक्षणका लागि रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा
- सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा ९ रिट निवेदन दायर