
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह आफ्नो पार्टी भएको बताउनुभएको छ ।
आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष नेपालले जनतालाई गरिबीबाट मुक्त बनाउनुपर्नेमा जोड दिँदै भन्नुभयो, “जति पनि कम्युनिष्ट पार्टी छन् ती कम्युनिष्ट पार्टीले समाजवादी क्रान्ति पूरा गर्न सकेका छैनन्, आफ्नो पार्टी समाजवादी क्रान्तिको कार्यभार पूरा गर्ने सङ्कल्पका साथ अघि बढेको छ ।”
अध्यक्ष नेपालले मुलुकको समग्र राजनीति र वाम आन्दोलनमा ठूलो चुनौती रहेको उल्लेख गर्दै नेकपा एकीकृत समाजवादीजस्तो क्रान्तिकारी पार्टीले मात्रै ती चुनौतीको सामना गर्न सक्ने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री नेपालले आगामी निर्वाचन एक्लै लड्नसक्ने गरी सङ्गठनलाई शक्तिशाली बनाउनुपर्नेमा जोड दिनुभयो । आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न सक्ने एउटा क्रान्तिकारी पार्टी निर्माणको आवश्यकता उहाँले औँल्याउनुभयो ।
त्यस अवसरमा एमाले नेत्री मेनुका श्रेष्ठ एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको थियो । मकवानपुरकी उद्यमी नेत्री श्रेष्ठले एमालेमा व्यक्तिवाद चरम बन्दै गएको, पार्टी सीमित नेताको कब्जामा गएको आरोप लगाउँदै आफू एकीकृत समाजवादीमा समाहित भएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित