
काठमाडौँ । लुम्बिनीमा त्रि-दिवसीय त्रिपिटक वाचन हुने भएको छ। अखिल नेपाल भिक्षु महासङ्घको आयोजनामा फागुन २० देखि २२ गतेसम्म बुद्ध जन्मभूमि लुम्बिनी उद्यानमा त्रि–दिवसीय पवित्र त्रिपिटक वाचन गर्न लागेको हो ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा भिक्षु महासङ्घका अध्यक्ष भिक्षु धम्मसोभन महास्थविरले भगवान् बुद्धको जन्मस्थलबारेको भ्रमलाई चिर्न र बुद्ध जन्मस्थल लुम्बिनीको पहिचान विश्वभर स्थापित गर्न यस अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रम सहयोगीसिद्ध हुने विश्वास प्रकट गर्नुभयो ।
बुद्धले आफ्नो जीवनकालमा उपदेश दिनुभएका ८४ हजार धर्मस्कन्ध सूत्र पिटक, विनय पिटक र अभिधर्म पिटक गरी तीन भागमा सङ्गृहीत छन् । त्रिपिटकका हरेक धर्मस्कन्धको अध्ययन र अभ्यासले सुख, शान्ति र मानव कल्याणको मार्ग प्रशस्त गर्ने र यसको सश्रद्धा एवं सगौरव गरिने वाचन र श्रवणले असीमित पुण्य सञ्चय हुने विश्वास छ । भारतको बुुद्धगयामा हरेक वर्ष १० दिन त्रिपिटक पाठ गर्ने चलन छ भने अन्य बौद्ध देशहरुमा पनि श्रद्धापूर्वक त्रिपिटक पाठ हुने गर्छ ।
पत्रकार सम्मेलनमा भिक्षु महासङ्घका महासचिव भिक्षु धर्मगुप्त महास्थविरले विश्वभर शान्ति र मैत्रीको सन्देश फैलाउने र करुणाभाव जगाउने उद्देश्यले आयोजना गर्न लागिएको तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन –२०८० लाई भव्य रुपमा सफल पार्न आ–आफ्नो क्षेत्रबाट सक्दो सहभागिता जनाउन सबैमा आह्वान गर्नुभयो ।
कार्यक्रम मुताविक पहिलो दिन फागुन २० गते समुद्घाटन समारोह अघि बिहान ८ बजे त्रिपिटक शोभा यात्रा निकालिने छ भने फागुन २२ गते साँझ दीप प्रज्वलन गरी कार्यक्रम समापन गरिने छ । कार्यक्रममा १२ राष्ट्रका बौद्ध धर्मगुरुहरु, भिक्षुहरु तथा प्रतिनिधि सहभागी रहने बताइएको छ ।
भिक्षु महासङ्घका सचिव भिक्षु निग्रोध महास्थविरका अनसार यस कार्यक्रम अन्तर्गत १ हजार २ सय ५० जनालाई प्रवज्या दिलाई उनीहरुलाई त्रिपिटक वाचन कार्यक्रममा सम्मिलित गराइने छ । भिक्षु महासङ्घबाट लुम्बिनीमा दोस्रो चरणको निर्माण सम्पन्न भएको सङ्घावासको पनि उद्घाटन गरिने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग