
बागलुङ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण गन्तव्य रहेको बताउनुभएको छ ।
बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा जारी अनन्तश्री ब्राह्माण्डीय महायज्ञको पाँचौँ दिनको कार्यक्रममा आज उहाँले सम्बोधन गर्दै मुक्तिनाथ, कालीगण्डकी, देवघाट, त्रिवेणीधाम, दामोदरकण्ड जस्ता प्रसिद्ध धार्मिकस्थल रहेका र पछिल्लो समय पञ्चकोट पनि एक धार्मिक गन्तव्यका रुपमा विकास भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘अझै पनि यहाँ कैयौँ सुप्रसिद्ध धार्मिक तथा सांस्कृतिक गन्तव्य छन्, तिनको आवश्यक प्रचारप्रसार गरी धार्मिक एवं सांस्कृतिक पर्यटनको विकास गर्नुपर्छ ।’
उहाँले धार्मिक तथा पर्यटकीय हिसाबले यस प्रदेशमा धेरै सम्भावना रहेकाले धार्मिक पर्यटनमार्फत समृद्ध हासिल गर्न सकिने बताउनुभयो । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशलाई पर्यटकीय केन्द्र बनाउनका लागि निरन्तर काम भइरहेको भन्दै अब धार्मिकस्थलसँग पर्यटकलाई जोड्न त्रिवेणीधामदेखि मुक्तिनाथसम्मका विभिन्न स्थानमा धार्मिक संरचना निर्माण गर्ने बताउनुभयो ।
त्यस अवसरमा पञ्चकोटधामका संस्थापक मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले मुख्यमन्त्री एवम् मन्त्रीहरुलाई स्वागत गर्नुभएको थियो ।स्वामी कमलनयनाचार्यले मुख्यमन्त्रीमार्फत गण्डकी प्रदेश सरकारसमक्ष पञ्चकोटमा निर्माणाधीन धार्मिक संरचनाहरुको पूर्णताका लागि सहयोगको अपेक्षा गरिएको बताउनुभएको थियो ।
त्यसपछि मुख्यमन्त्री पाण्डेले पञ्चकोटको विकासका लागि प्रदेश सरकारले निरन्तर सहयोग गर्दै जाने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । फागुन ९ गतेदेखि सुरु भएको अनन्तश्री ब्राह्माण्डीय महायज्ञमा हरेक दिन विभिन्न विषयका सम्मेलनहरु भइरहेका छन् । यसअन्तर्गत आइतबार पञ्चकोटमा प्रादेशिक राजनीति र सुशासन सम्मेलन आयोजना गरिएको थियो ।
सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले सुशासनलाई पहिलो प्राथमिकता राखेको बताउनुभएको हो । जनतालाई सुशासनको अनुभूति दिलाइ सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकार लागिपरेको समेत उल्लेख गर्नुभयो । त्यसअवसरमा प्रदेश सरकार मन्त्रीहरु दीपेन्द्र थापा, सुशीला सिम्खडा र सरस्वती अर्याल तिवारीलगायतको सहभागिता थियो ।
महायज्ञमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलकोतर्फबाट मुख्यमन्त्री पाण्डेले २ लाख ७५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित