
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा नेपाल उसु महासङ्घका केन्द्रीय अध्यक्ष जनक बर्तौलालाई आक्रमण गर्ने मुख्य योजनाकार पक्राउ परेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल निकट मानिने बर्तौलालाई आक्रमण गराएर फरार भएको मुख्य योजना मोरङका ३५ वर्षीय क्रान्ति बराइली भन्ने निलम विश्वकर्मालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीका अनुसार विश्वकर्माले २०८० कात्तिक २२ काठमाडौँ महानगरपालिका वडा नम्बर १० बानेश्वरस्थित आइप्लेक्स मल नजिक नेपाल उसु महासङ्घका केन्द्रीय अध्यक्ष जनक बर्तौलालाई खुकुरी र रड प्रहार गरेर घाइते बनाई फरार भएका थिए । बर्तौलालाई धारिलो हतियार (खुकुरी र रड) प्रहार गरी घाइते बनाएको घटनामा विश्वकर्म मुख्य योजनाकार समेत रहेको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।
प्रहरीले यसअघि त्यो घटनामा संलग्न बाँके कोहलपुरका २४ वर्षीय शेरबहादुर थारु, बाँकेकै २६ वर्षीय आशीष लामिछाने मगर र झापाका ३४ वर्षीय कैलाश भन्ने टेकबहादुर प्रधानलाई पक्राउ गरेर प्रहरी वृत्त बानेश्वरबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता अधिकारीले बताउनुभयो ।
पक्राउ परेका विश्वकर्माले बर्तौलालाई कुटपिट गर्नका लागि शेरबहादुर थारुलाई ५० हजार र टेकबहादुर प्रधानलाई दुई लाख रुपैयाँ दिएको अनुसन्धानमा खुलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित