
काठमाडौं। घरेलु मैदानमा भएको आइसीसी पुरुष क्रिकेट विश्वकप लिग दुई अन्तर्गत त्रिकोणात्मक शृङख्लाको अन्तिम खेलमा नेपाल नेदरल्यान्डससँग आठ विकेटले पराजित भएको छ ।
जितका लागि नेपालले दिएको एक सय ७३ रनको सामान्य लक्ष्य नेदरल्यान्डसले ३७ दशमलव पाँच ओभरमा दुई विकेट गुमाउदै पूरा गर्यो । नेदरल्यान्डसको जितमा विक्रमजित सिंहले सर्वाधिक ५८ रनको योगदान दिए । त्यसैगरी साइब्रान्ड एंगलब्रेक्टले ४६ रन बनाउदा माइकल लेभिटले ३९ रन र म्याक्स ओडाउडले २८ रन जोडे ।
नेपालका लागि ललित राजवंशी र दीपेन्द्र सिह ऐरीले समान एक/एक विकेट लिए ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउदै एक सय ७२ रनको योगफल बनाउन सक्यो ।
नेपालका लागि कुशल भुर्तेलले ९३ बल खेल्दै आठ चौकाको मद्दतमा ६६ रन बनाए । त्यस्तै करण केसीले २६ रन बनाउदा आरिफ शेखले २२ रन जोडे । आसिफ शेखले १७, कप्तान रोहितकुमार पौडेलले १६, अनिल शाहले सात र गुल्शन झा पाँच रन बनाए ।
नेदरल्याण्डसका आर्यन दत्त र भिभियन किङ्ग्माले समान तीन/तीन विकेट लिए । यसैगरी बास डि लिडेले दुई विकेट लिँदा रोलेफ भान डर मर्वेले एक विकेट लिए ।
यस जितसँगै नेदरल्यान्डसले प्रतियोगितामा चार अङ्क जोडेको छ । नेदरल्यान्डसले नामिबियालाई पहिलो खेलमा सात विकेटले हराएको थियो भने दोस्रो खेलमा नामिबियासँग २४ रनले पराजित भएको थियो ।
नेपालले लिग- २ को पहिलो चरणको खेल सकिदा दुई अङ्क बटुलेको छ । नेपालले नेदरल्यान्डसलाई नौ विकेटले पराजित गरेको थियो भने नामिबियासँग पहिलो खेलमा चार विकेट र दोस्रो खेलमा दुई विकेटले पराजित भएको थियो ।
नामिबियाले तीनमा जित हासिल गर्दै छ अङ्क बटुलेको छ । नामिबिया लिग दुईको शीर्ष स्थानमा छ । नेदरल्यान्डस चार खेलमा दुईमा जित तथा दुई खेलमा हार बेहोर्दै चार अङ्कका साथ दोस्रो स्थानमा छ । समान चार खेल खेलको नेपालले एकमा जित तथा तीनमा हार बेहोर्दै दुई अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ ।
सम्बन्धित समाचार....
श्रृंखलाको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको लक्ष्य
नेदरल्यान्ड्सविरुद्ध नेपालको खराव ब्याटिङ, कुशल भुर्तेल पनि आउट
कुशल भुर्तेलले पूरा गरे अर्धशतक
टस हारेर ब्याटिङ गर्दै नेपाल, टिममा दुई परिवर्तन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित