
मकवानपुर । बागमती प्रदेश संसद् सञ्चालन गर्न सर्वदलीय बैठक बस्दैछ । संसद् सञ्चालनका लागि सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक बोलाउनुभएको छ ।
प्रदेशसभा बैठक सञ्चालनका सन्दर्भमा दलबीच सहमति गर्न प्रदेशसभा सचिवालय हेटौँडाले सर्वदलीय बैठक आइतबार बोलाइएको हो । बैठक प्रदेशसभा सचिवालयमा नै बस्ने जनाइएको छ ।
प्रदेशसभाका सबै दलबीच सहमति गर्ने उद्देश्यअनुसार आज सर्वदलीय बैठक बस्न लागेको हो । प्रदेशसभा सञ्चालन, संसद्को कार्यसूची, संसद्को विजनेशलगायत विषयमा निर्णय गर्न सभामुख पाठकले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । प्रदेशसभा सचिवालय हेटौँडाका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार सर्वदलीय बैठकमा निर्णय नभएका खण्डमा प्रदेशसभाको फागुन १५ गते आह्वान गरिएको बैठकले निरन्तरता पाउनसक्ने छैन । संसद्मा पर्याप्त विजनेश नरहेको र नयाँ विधेयक पनि दर्ता नभएको अवस्थामा सदनको व्यवस्थापन, कार्यसूची र मापदण्ड निर्माण गरी सबै दलको सहमति जुटाएर अघि बढ्ने तयारी रहेको उहाँले बताउनुभयो ।
विशेषतः संसदमा नयाँ विधेयक दर्ता गर्ने, संसद् बैठकको व्यवस्थापन, कार्यसूचीलगायतका विषयमा सहमति गर्नुपर्ने उहाँको भनाई छ । हाल ३ विधेयक विभिन्न समितिमा विचाराधीन अवस्थामा रहेको छ भने एउटा सचिवालयमा दर्ता भएको उहाँले बताउनुभयो । सर्वदलीय बैठकमा सहमति नबनेका खण्डमा त्यो विधेयक अघि बढ्न नसक्ने र समितिका बैठक पनि सञ्चालन नहुने प्रवक्ता गुप्ताले बताउनुभयो ।
चार महिनादेखि प्रदेशसभा बैठक बस्न सकेको छैन भने संसद् नबस्दा संसदीय समितिको नेतृत्व चयन, कानुन निर्माणलगायत विषय अघि बढ्न सकेको छैन । गत असोज २२ गतेदेखि प्रदेशसभा बैठक बस्न सकेको छैन । असोज २२ गते संसद्को वर्षे (बजेट) अधिवेशन अन्त्य गरिएको चार महिना पूरा भइसकेको छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले फागुन १५ गते ३ बजेका लागि प्रदेशसभा बैठकको हिउँदे अधिवेशन आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ उपधारा १ बमोजिम प्रदेशसभाको तेह्रौँ अधिवेशन बोलाउनुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित