
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको जारी खेलमा नेपालले नेदरल्यान्ड्सलाई १७३ रनको लक्ष्य पेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निकै खराब ब्याटिङ गर्दै ४९.३ बलमा अल आउट हुँदै १७२ रन जोडेको हो ।
पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ४२ रनको साझेदारी गरेका थिए । तर त्यसपछि कुनैपनि गतिलो साझेदारी बन्न सकेन र नेपाल १७२ रनमा अल आउट हुन पुग्योृ ।
नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरे । भुर्तेलले ९२ वल खेल्दै ८ चौकाको मद्दतमा ६६ रन जोडे । त्यसबाहेक अन्य कुनै पनि व्याट्म्यानले गतिलो योगदान दिन सकेनन् । दशैँ नम्बरमा आएका करन केसीले करण केसीले २७ बलमा २ छक्का र १ चौकाको मद्दतमा २६ रहनको महत्वपुर्ण रन जोडे । आरिफ शेख २२, आसिफ शेख १७, अनिल साह ७, रोहितकुमार पौडेल १६, भीम सार्की शुन्य, कुशल मल्ल २,गुल्सन झा ५, तथा दीपेन्द्र सिंह ऐरी १ रनमा आउट भए ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा नेदरल्याण्ड्सका आर्यन दत्त र भिभयन किंग्माले समान ३–३ विकेट लिए भने बास डि लिडले २ तथा रोलेफ भान डर मर्वेले एक विकेट लिए ।
सम्बन्धित समाचार....
नेदरल्यान्ड्सविरुद्ध नेपालको खराव ब्याटिङ, कुशल भुर्तेल पनि आउट
कुशल भुर्तेलले पूरा गरे अर्धशतक
टस हारेर ब्याटिङ गर्दै नेपाल, टिममा दुई परिवर्तन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश