
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको जारी खेलमा नेपालले खराव शुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले नेदरल्यान्ड्सविरुद्ध निकै खराब ब्याटिङ गरिरहेको छ ।
पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ४२ रनको साझेदारी गरेका थिए । तर त्यपछि थप ८० रन जोड्दा नेपालले ७ विकेट गुमाएको छ ।
नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरे । भुर्तेलले ९२ वल खेल्दै ८ चौकाको मद्दतमा ६६ रन जोडे । त्यसबाहेक अन्य कुनै पनि व्याट्म्यानले गतिलो योगदान दिन सकेनन् । आसिफ शेख १७, अनिल साह ७, रोहितकुमार पौडेल १६, भीम सार्की शुन्य, कुशल मल्ल २ तथा दीपेन्द्र सिंह ऐरी १ रनमा आउट भए ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले ३७ ओभर समाप्त हुँदा नेपालले ७ विकेट गुमाएर १२२ रन बनाएर खेलिरहेको छ ।
अहिले गुल्सन झा १ र आरिफ शेख ८ रन बनाएर क्रिजमा छन् ।
यो पनि....
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश